7 April 2025
KALIKATIMES.COM

महुवन मतदान केन्द्रमा नेताहरुकाे भिड

mahuwan matdan kendra

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन उपनिर्वाचनकाे मतदान केन्द्रमा नेताहरुकाे भिड लागेकाे छ । वडाध्यक्षकाे लागि आज भइरहेकाे निर्वाचनकाे मतदान केन्द्रमा चुनावी प्रतिस्पर्धी दलका नेताहरुकाे भिड देखिएकाे हाे ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवमा रहेकाे मतदान केन्द्र बाहिर नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीका नेताहरुकाे वाक्लाे उपस्थिती छ । नेकपाका प्रदेश २ का सह संयाेजक नागेन्द्र चाैधरी, केन्द्रिय सदस्य रामचन्द्र साह, नेता राजकुमार गुप्ता, शम्भु गुप्ताकाे उपस्थिती रहेकाे छ ।

यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, जिल्ला सभापति अजय द्विवेदी, युवा नेता नविन सिंह लगायतकाे उपस्थित रहेकाे छ ।

यस्तै समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं निलम्बित सांंसद हरिनारायण राैनियार, प्रदेश सांसद प्रहलाद गिरी, मंजुर अन्सारी, सिंघासन साह कलवार, जन्नत अन्सारी,  करिमा बेग्म, जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद लागयतकाे नेता तथा कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे छ ।

तिनै दलका नेताहरु आ आफ्नाे पार्टीका उम्मेदवारलाई जिताउन प्रयासरत देखिन्छन ।

यता नेपाली कांग्रेस र समाजवादीका उम्मेदवार तथा नेताहरुले आफुहरु नै जुनवा जिति रहेकाे दावी गर्दै दुबैले आफुहरुलाई नेकपाका उम्मेदवारले समर्थन गरिसकेकाे वताइरहेका छन् ।  तर याे कुरा नेकपाका नेताहरु हवादारी भएकाे वताए छन् ।

यता समाचार लेख्दाकाे समय सम्म १९ सय ५० जनाले मतदान गरिसकेका छन् । विहान ७ बजे देखी सुरु भएकाे मतदान सांझ ५ बजे सम्म चल्ने छ । मतदान शान्तिपूर्ण रुपले भइरहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:216. Generation time:6.144 sec. Memory consumption:82.48 mb