7 April 2025
KALIKATIMES.COM

महुवनमा कडा सुरक्षाकाे बिच मतदान हुदै, १२ सय जनाले गरे मतदान

mahuwan matdan kendra_kalikatimes
महुवन मतदान केन्द्रमा मतदान गर्दै एक जेष्ठ नागरि । तस्बिर : प्रणय साह

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनकाे उपनिर्वाचन आज कडा सुरक्षाकाे बिच शान्तिपूर्ण रुपले भइरहेकाे छ । श्री नेपाल राष्ट्रिय मा‍.वि. महुवन मतदान केन्द्रमा कडा सुरक्षाकाे विच विहान ७ बजे देखी सुरु भएकाे मतदान शान्तिपूर्ण रुपले भइरहेकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

मतदान केन्द्रलाई तिन तहकाे सुरक्षा निकायले सुरक्षा दिइरहेका छन् । पहिलाे चरणमा जनपथ प्रहरी, दाेस्राेमा सशस्त्र प्रहरी र तेस्राेमा नेपाली सेना गरी तिन तहका सुरक्षा निकायले सुरक्षा दिइरहेका छन् । २५ जना सेना गरी जनपथ र सशसत्र प्रहरीकाे वाक्लाे संख्यामा शान्ति सुरक्षाकाे लागि खटाइएकाे छ । मतदान केन्द्रलाई चारै तर्फबाट सेनाले घेरा हालेर सुरक्षा दिईरहेकाे छ ।

mahuwan matdan kendra2_kalikatimes
महुवन मतदान केन्द्रमा मतदान गर्नकाे लागि लाइनमा बसेका मतदाताहरु । तस्बिर : प्रणय साह

मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा आम जनतालाई राखिएकाे छ । आ आफ्नाे उम्मेदवारकाे समर्थनमा उम्मेदवारी दिएका दलका नेता तथा स्थानियहरुकाे भिड लागेकाे छ । वडाध्यक्षकाे लागि भइरहेकाे उपचुनावमा २ हजार ६ सय २ मतदाता रहेका छन् ।

जस मध्ये समाचार लेख्दा सम्म १२ सय जनाले मतदान गरि सकेकाे निर्वाचन अधिकृतले जनाएका छन् ।

नेकपाबाट उदयशंकर, नेपाली कांग्रेसबाट अशेसर यदाव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गाेपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:216. Generation time:7.415 sec. Memory consumption:82.46 mb