30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेवि संघद्वारा बढी शुल्क अशुल गर्ने गुरुकुल एकेडेमीमा तालाबन्दी

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साले वीरगंजस्थित् गुरुकुल एकेडमीको प्रशासन शाखामा तालाबन्दी गरेको छ । विद्यालय प्रशासनले विद्यार्थीहरु संग निर्धारित शुल्क भन्दा बढि रकम असुल गरेको बिरोधमा तालाबन्दी गरिएको नेवि संघका नेता विवेक कलवारले वताए ।

वीरगंज महानगरपालिका वडा नं. १३ स्थित गुरुकुल एकेडमीले विद्यालयमा अध्यनरत कक्षा ९ र १० कक्षाका विद्यार्थीहरु संग परिक्षा आबेदन फारमका लागी परिक्षा बोर्डले तोकेको शुल्क भन्दा ३ गुणा बढि रकम असुस्ली गरेको, बैशाख देखि चैत सम्मको शिक्षण शुल्क, यातायात र अन्य शुल्क एकै पटक तिराउन लगाएको पाईएको छ ।

नेवि संघले केहि दिन अगाडी जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिका कार्यालयको शिक्षा शाखालाई विद्यालय माथि आवश्यक कारवाही गरि अतिरिक्त शुल्क फिर्ता गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो । संघको मागलाई वास्ता नगरे पछि बाध्य भएर तालाबन्दी गरिएको नेता कलवारले वताए ।

नेवि संघका नेता विकेश पटेलको नेतृत्वमा विद्यार्थी नेता प्रसान्त सिंह, प्रकाश रौनियार, दिपक पटेल(माया), मोनाजिर आलम, विशाल पटेल, बिबेक कलवार लगायतकाले तालाबन्दी गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:214. Generation time:3.665 sec. Memory consumption:81.41 mb