30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मेडिकल कलेजले लिएकाे अतिरिक्त शुल्क फिर्ता गर्न उपभोक्ता मंचको माग

वीरगन्ज । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा एमबिबिएस १८ औ ब्याचका प्रथम वर्षका विद्यार्थी आन्दोलन र आन्दोलन माथि सिनियरको नाममा भईरहेको दमन प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश नं २ को गम्भिर ध्यानाकर्षणÔ भएको जनाएको छ ।

मञ्चका अध्यक्ष के.सी .लामिछानेले विज्ञप्ति जारी गर्दै सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याचको पहिलो वर्षका विद्यार्थीबाट ५ देखि ७ लाखसम्म अतिरिक्त शुल्क उठाएको देखिएकोले कलेजले सरकारले तोकेको भन्दा बढी रकम असुल गरेर कानूनी राज्यको उपहास गरेको जनाएका छन् ।

कलेजले विभिन्न बहानामा थप पैसा असुल्दै गर्दा राज्य तमासा हेरेर बसेको जनाउदै कलेजले बिद्यार्थी र अभिभावकसँग अतिरिक्त शुल्क उठाउनु उपभोक्त हित संरक्षण ऐनको बर्खिलाप रहेको मञ्चले जनाएको छ । कलेजले मनोमानी गर्ने र राज्य मुकदर्शक बनिरहेको प्रति मंचको गम्भिर आपत्ती रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । मंचले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नु पर्ने र सरकारले तोके भन्दा बढी शुल्क लिएर गैरकानूनी काम गरेकोले कलेजलाई कानूनी कारवाही हुनु पर्ने मंचको माँग रहेको छ ।

कानुनी राज्यमा गैरकानुनी क्रियाकलाप गर्ने उपभोक्ता हित विपरित काम गर्ने जो कोहि दण्डको भागीदार बन्नुपर्छ भन्ने मञ्चले जोडदार माग गरेको छ ।

आन्दोलनमा उत्रिएका बिद्यार्थीमाथि कलेज ब्यवस्थापनको तर्फबाट धाक धम्की दिएर त्रासको वतावरण बनाउने काम अविलम्ब रोक्न र स्थानीय प्रशासनलाई बिद्यार्थीहरुको सम्पूर्ण सुरक्षाको ब्यवस्था मिलाउन बिज्ञप्ति मार्फत मंचले अपिल समेत गरेको छ ।

सरकारले तोके भन्दा बढी शुल्क तिर्न बाध्य बिद्यार्थी तथा अभिभावकलाई आफूले तिरेको बिल सहित उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश २ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । कलेजले अतिरिक्त शुल्क लिएर अभिभावको ढाड सेक्ने कामलाई संस्थाले कानूनी मार्गको अवलम्बन गरेर चुनौती दिने र उपभोक्ता अधिकारको संरक्षणमा भूमिका खेल्ने कुरा बिज्ञप्तिमाल जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.721 sec. Memory consumption:81.42 mb