30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अनेरास्ववियूद्वारा एमडि बसरुदिन अन्सारीलाई गिरफ्तार गर्न माग

anerasabiuko pradarsan_kalikatimes
वीरगंजकाे घण्टाघरबाट निस्केकाे अनेरास्ववियुकाे विराेध र्‍याली । तस्बिर : कालिका टाइम्स

वीरगंज । सत्तारूढ दल निकटका विद्यार्थी संगठन अनेरास्ववियुले नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध निर्देशक (एमडी) बसरुदिन अन्सारिलाई गिरफ्तार गर्न माग गरेको छ । अनेरास्ववियूका केन्द्रिय नेता सुदेस पराजुलीको नेतृत्वमा आईतबार वीरगंजमा अनेरास्ववियुले नेशनल मेडिकल कलेज प्रशासन बिरुद्ध प्रदर्शन गर्दै एमडि अन्सारीलाई गिरफ्तार गर्न माग गरेकाे हाे ।

वीरगंजको घण्टाघरबाट निस्केको अनेरास्ववियुको बिरोध र्‍याली विभिन्न प्ले कार्ड सहित चर्काे नाराबाजी गर्दै कलेजमा पुगी धर्ना समेत बसेका थिए । विराेध र्‍यालीमा सहभागिहरुले बसरुदिनलाई गिरफ्तार गर, बढि लिएको शुल्क फिर्ता गर, बिद्यार्थी कुटन पाईदैन, स्थानिय प्रशासन मौन किन ?, मेडिकल माफिया मुर्दावाद, राज्यले ताेकेकाे शिक्षण शुल्क लागु गर लगायतको चर्काे नारा लगाएका थिए ।

काठमाण्डौबाट आएका अनेरास्ववियुका विद्यार्थी नेताहरुले नेशनल मेडिकल कलेजका आन्दाेलनरत विद्यार्थीहरुकाे जारी आन्दाेलनमा एकवद्धता समेत जनाएका छन् । कलेजका आन्दाेलरत विद्यार्थीहरु आज पनि कलेज अगाडीकाे धर्ना जारी राखेका छन् भने धर्ना स्थल नै अनेरास्ववियुकाे विराेध र्‍याली पुगी जारी विद्यार्थीहरुकाे आन्दाेलनमा एकवद्धता जनाएकाे हाे ।

विद्यार्थीहरुकाे आन्दाेलनमा एकवद्धता जनाउदै अनेरास्ववियुका नेताहरुले कलेज प्रशासनबाट विद्यार्थी माथी भएकाे ज्यादतीकाे कडा विराेध गरे । कलेजका संचालक बसरुदिनले आफ्नै विद्यार्थी माथी गुण्डा लगाई कुटपिट गराएका कारण उनलाई गिरफ्तार गरी प्रशासनले कारवाही गर्नु पर्ने माग विद्यार्थी नेताहरुकाे माग छ । सरकारले निर्धारण गरेकाे शुल्का भन्बदा ढी अशुल गरेकाे रकम फिर्ता गर्नुकाे सट्टा उल्टै कलेजका संचालक अन्सारीले गुण्डा लागई कुटपिट गराउनु र स्थानिय प्रशासन केही नगर्नुले प्रशासनकाे समेत मिलाेमताे रहेकाे शंका उत्पन भइरहेकाे वाेल्ने वक्ताहरुकाे भनाई थियाे ।

स्ववियु काउन्सिल काठमाण्डौका अध्यक्ष मिलन गैराे, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका नेता मित्रदेव यादव, रामबाबु यादव, शिवम साह, मेराजुल हवारी, नसिम अक्त्तर, बिकेश यादव, रामबाबु मण्डल, हेमन्त तमांग, संदिप यादव लगायतकाकाे सयौ विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.411 sec. Memory consumption:81.41 mb