30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

डण्डहिन्ता विरुद्धको दिवसको अवसरमा वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली

वीरगंज । डण्डहिन्ता विरुद्धको अनतराष्ट्रिय दिवसको अवसरमा आज वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली तथा कोण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ को आयोजना भएको कार्यक्रम सम्पन्न भएको हो ।

वीरगंजको घण्टाघरबाट निस्केको र्‍याली माईस्थान, महाबिरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन: घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

dandhinta birudhko diwas_kalikatimes

सभामा वोल्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामिछानेले प्रेस स्वतन्त्रताको घटना बढदै गएको प्रति चिन्ता व्यक्त्त गरे । उनले भने पेशागत चुनौतीहरु छन्, अझै पत्रकारहरु सुरक्षित महसुस गरिरहेको अवस्था छैन । विगतमा २७ जना पत्रकारको हत्या भए पनि अझै पिडितले न्याय पाइसकेका छैनन्, राज्यले दोषीलाई डण्डदिएको अवस्थामा मात्र जनताले डण्डहिनता भएको महसुस गर्ने छन् । त्यही भएर अझै धेरै चुनौती र डण्डहिनताको घटना छ्न्, त्यस बिरुध हामीलाई लडनु पर्छ । राज्यले सुरक्षाको ब्यवस्था मिलाउनु पर्छ ।

मानव अधिकारकर्मी तथा अधिवक्ता कमल मोहन पोखरेलले कानुन बमोजिमको शासन संचालन भएकोलाई नै डण्डहिनता भन्न सकिने वताए । कानुन विपरित कोई पनि चल्नु हुन्न वताउदै अधिवक्ता पोखरेलले केही डण्डहिनताको घटनाहरु अझै छ, त्यसलाई कानुनि दायरा भित्र ल्याउनु पर्छ भने । त्यस्ता डण्डाहिनताको घटना गर्नेलाई कानुनी कार्वाही हुनु पर्ने पनि उनको भनाई थियो ।

कोण सभामा गिता भण्डारी, कमल चौगाईले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु प्रसाद गौतमले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:4.363 sec. Memory consumption:81.42 mb