30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

आफु कुटिए, मारिए पनि टाउन हलको भ्रष्टचारको विरोध गरिरहन्छु : सांसद शर्मा

sansad sharma_kalikatimes

वीरगंज । नेपाली कांग्रेसका प्रदेेश सांसद ओमप्रकाश शर्माले आफु माथी हमला भएकाे वताएका छन् । संचारकर्मीहरु संग कुरा गर्दै सांसद शर्माले वीरगंज नगर सभा गृह (टाउन हल) काे भ्रष्टचारकाे बिषयलाई लिएर टाउन हलका संचालक भाेला कलवारले आफु माथी  हमला गरेकाे आराेप लगाए हुन् ।

सांसद शर्माले आफु कुटिए पनि मारिए पनि टाउन हलको भ्रष्टचारको विरोध गरि रहने वताए । टाउन हलका संचालक कलवारले म माथी मात्र हाेईन पार्टीका अरु नेताहरुलाई पनि गाली गालौज गर्ने गरेका कारण उनलाई पार्टीबाट निस्कासन गर्नु पर्ने माग समेत गरे । शर्माले कलवार पार्टी कै भए पनि आफु जनप्रतिनिधि भएका कारण भ्रष्टचारकाे विराेध गरि रहने वताए ।

टाउन हल जनताकाे सम्पती भएकाे वताउदै शर्माले जनता संग टाउन हलकाे भाडा एक दिनकाे एक लाख लिने र महानगरलाई ५ हजार बुझाउनु नै टाउन हलमा भ्रष्टचार भइरहेकाे वताए । उनले अख्तियारले टाउन हलको टेन्डरमा भ्रष्टाचार भएकाे प्रमाणित गर्दै पुन: टेन्डर गर्न पत्रचार गरे पनि  मेयर विजय कुमार सरावगीले सो पत्र दबाएकाे समेत आराेप लगाए ।

कलवारले नाटक गरी नारायणी अस्पतालबाट डाक्टरलाई मिलाएर रेफर गराएको समेत आरोप लगाए ।

सांसद शर्मा र नेपाली कांग्रेसका वीरगंज महानगर सभापति समेत रहेका टाउन हलका संचालक भाेला कलवार बिच बुधबार बिहान चिया पसलमा कुटाकुट भएकाे थियाे । दुबै जना उपचारको लागि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका थिए । उपचार पछि प्रदेश सांसद शर्मा घरमा आरम गरि रहेका छन् भने कलवारकाे काठमाण्डाैमा उपचार भईरहेकाे छ ।

दुबै जना विच डेढ बर्ष देखी नै टाउन हलको बिषयमा विवाद हुदै आएको थियाे । सोही बिषयलाई लिएर सार्वजनिक स्थल मै दुबै जना बिच कुटाकुट समेत भएकाे हाे । सांसद शर्माले कलवार विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.614 sec. Memory consumption:81.42 mb