30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

राजपा पर्साकाे पहिलाे बैठक : चौबीसें घण्टा जनताको साथमा रहन अध्यक्ष सिंहकाे निर्देशन

rajapa pahilo baithak_kalikatimes

वीरगंज । जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ । बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौविसै घण्टा जनताको समस्यामा साथ रहन निर्देशन दिनुभएको छ ।

नेतृत्वमा बस्ने र माईन्युटमा नाम मात्रै लेखाएर हुँदैन तपाईँहरु जनताको माझमा जानुस, उहाँहरुको मसस्यामा सँगै उभीएर समाधान गराउनुस नेता सिंहले भन्नुभयो । नेता सिंहले जिल्लाको बलियो नेतृत्व अभावलाई पुरा गर्नको लागि आफुले जिल्लाको नेतृत्व सम्हालेको बताउँदै अन्य पार्टी भन्दा फरक रुपमा प्रस्तुत हुने दावि गर्नुभयो ।

हामि अरु जस्तो गरी चलेर हुँदैन नयाँ नेतृत्वले नयाँ तरिकाले काम गर्छ तपाइँहरु पनि स्वच्छ छवि बनाएर त्यसको लागि तयार हुनुस नेता सिंहले भन्नुभयो । सिंहको नेतृत्वमा बसेको बैठकलाई पार्टिको गतिविधिलाई जनस्तरमा केन्द्रित गर्नका लागि पर्साको चारै क्षेत्र र महानगर पालिका लगायत सवै नगरपालिकामा समेत मंसीर महिना भित्र पार्टी कार्यालय खोल्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष सिंहकाे अध्यक्षतामा भएको बैठकमा उपाध्यक्षहरू मदन यादव, जटाशंकर गुप्ता, प्रदीप चौरसिया, सचिव उमेश लाल सहनी, सह-सचिव उमाशंकर प्रसाद सर्राफ, केन्द्रीय सदस्यहरू बाबुलाल यादव, शम्भु चौरसिया, महाबीर शर्मा, मिनु ठाकुर, परमानन्द चौधरी, बरकतुल नेसा, प्रतिमा जोशी, इन्दु सिंह, मुस्लिम बिभागको केन्द्रीय संयोजक खैरूद्दी मियाँ, महानगर अध्यक्ष लियाकत अली, नगर अध्यक्ष अजय साह, क्षेत्रीय अध्यक्षहरू अयुब मियाँ, बैजु स्वर्णकार, मनोज ठाकुर, अकलेश यादव, जिल्ला नेताहरू रियाज मियाँ, सलाउद्दीन मंसूरी, जबार मंसूरी, चन्द्रिका सहनी, राहुल सर्राफ, नेताहरू बिष्णु पटेल, अफरोज अालम, संजीव यादव, भुषाल चौरसिया, बिधार्थी नेताहरू मधुसूदन चौरसिया, सुमित चौरसिया, अमित यादव, महिला नेतृहरू संगीता दास, रेखा पासवान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.643 sec. Memory consumption:81.44 mb