31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

शाहरुखकी छोरी सुहानाको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज

sharukh khan doughter movie_kalikatimes

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ । सुहाना खानको यो छोटो फिल्मले निकै प्रशंसा बटुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ।

सुहाना खानले आफ्नो इन्स्टाग्राममा फिल्मको भिडिओ शेयर गर्दै आफ्नो पहिलो फिल्मको खुसीयाली मनाएकी छन् । छोटो फिल्म भए पनि यसको ‘क्रेज’ दर्शकमा निकै राम्रो परेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मुख्य भूमिकामा देखिएकी सुहानाको यो पहिलो फिल्म उनकै कक्षाका साथीहरूले बनाएका हुन् । यो उनीहरूको ‘प्रोजेक्ट’ हो । केही समयअघि फिल्मको पोस्टर सुहानाकै समकक्षी थ्योडोर जिमीनोले आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए । बलिउड ‘बादशाह’की छोरी सुहानाको डेब्यू फिल्मका लागि प्रशंसकहरू निकै उत्साहजनक देखिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:3.821 sec. Memory consumption:82.53 mb