26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सांसद शर्मा र अध्यक्ष कलवार बिच कुटाकुट, कलवारलाई थप उपचारका लागि काठमाण्डाै लगियाे

वीरगंज । नेपाली कांग्रेस पर्साका समानुपातिक प्रदेश संसाद ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट भएको छ ।

वीरगंज नगर सभा गृह (टाउन हल) सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच कुटाकुट भएको हो । वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भएकाे भना-भन उग्र रुप लिए पछि कुटाकुट समेत भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

दुवै जना उपचारकाे लागि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका थिए । उपचार पछि प्रदेश सांसद शर्मा घर फर्के पनि कलवार पहिला देखी नै ब्लडप्रेसरका बिरामी रहेकाले उनकाे स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारकाे लागि उनलाई काठमाण्डाै लगिएकाे छ ।

दुबै जना विच एक बर्ष पहिला देखी नै टाउन हलकाे बिषयमा विवाद हुदै आएकाे थियाे । साेही विवाद आज उग्र रुप लिदा दुबै नेता विच कुटाकुट समेत भएकाे कांग्रेस निकट स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.253 sec. Memory consumption:81.42 mb