26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सेली पत्रकाहरुकाे भेला, पत्रिका वग्रीकरणकाे व्यवस्था हुुलाक मार्फत मिलाउन माग

ptrakar bhela_kalikatimes

वीरगंज । पर्सेली सन्चारकर्मी तथा पत्रकारहरुकाे भेला आज वीरगंजमा सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएकाे पर्सेली पत्रकारहरुकाे भेलाले पत्रिका बग्रिकरणकाे व्यवस्था जिल्ला हुलाक मार्फत हुनु पर्ने निर्णलय गरेकाे छ ।

भेलामा पत्रिका बग्रीकरणकाे साथ साथै लोक कल्याणकारी बिज्ञापनको भुक्तानी लगायतका अन्य काम कारवाहीहरु जिल्ला हुलाक कार्यालय मार्फत हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई ध्यानआकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय भएको हाे ।

नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको सभापतित्वमा भएको छलफल कार्यक्रममा स्थानिय तहमा भएका बिसंगती तथा सिमानाकामा हुने गरेका तस्करीलाई सन्चार माध्यमको माध्यमबाट न्युनिकरण गर्न जोड दिनुपर्नेमा बक्ताहरुले वताएका छन् । साथै प्रदेश सरकारको सन्चार सम्बन्धि विद्येयकको बारेमा समेत शंसोधन गर्नुपर्ने बक्ताहरुकाे भनाई छ ।

बर्गिकरणमा परेका पत्रिकाहरु बुझाउन जनकपुर जानुपर्ने र त्याँहा जाँदा पनि समयमा काम नहुने भन्दै सम्बन्धित जिल्ला हुलाकबाटै पत्रिकाको अभिलेख बुझाउने लगायतका काम सन्चालन गर्न दवाव दिने भेलाकाे निर्णय गरेकाे छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीका साथै स्थानिय पत्रपत्रिकाका प्रकाशक, सम्पादक तथा पर्सेली पत्रकार र सन्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजिकरण पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.639 sec. Memory consumption:81.41 mb