17.8 C
Birgunj
26 November 2024
KALIKATIMES.COM

सम्भाैतामा पनि प्लस २ संचालन भयाे तर भेडिहारीमा अझै भएन

palas 2 sanchalan_kalikatimes
सम्भाैता संचालन हुने प्लस २ काे उदघाटन गर्दै गाउँपालिका अध्यक्ष गुप्ता र भेडीहारीमा प्लस २ संचालनकाे लागि ज्ञापन पत्र बुझाउदै गाउँका अगुवाहरु । तस्बिर : कालिका टाइम्स

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं.२ सम्भौतामा रहेको श्री नवगावा माध्यमिक विधालय चारगाहमा प्लस २ संचालन हुने भएकाे छ । साेमबार गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले एक कार्यक्रमका बिच विद्यालयमा संचालन हुने प्लस २ काे उदघाटन गरेका छन् ।

संचालन हुने प्लस २ मा प्राविधिक विषयकाे समेत पढाई हुने गाउँपालिकाले जनाएकाे छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रासाशकिय अधिकृत देवनाथ साह, वडा अध्यक्ष महेन्द्र प्रसाद कलवार, बिनोद साह कानु, राजबली यादव, बालक राउत गद्दी, मौजीलाल साह कानु लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यता पर्साकाे दुर्गम क्षेत्रकाे रुपमा रहेकाे छिपहरमाईकाे चारगाहामा प्लस २ संचालन भए पनि कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा रहेकाे विद्यालयमा अझै प्लस २ संचालन हुन सकेकाे छैन् । श्री सुकई साह माध्यमिक विद्यालयमा प्लस २ संचालनकाका लागि आन्दाेलन नै भए पिन हुन सकेकाे छैनन् ।

स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबकाे अगुवाईमा करिब दुई बर्ष देखी विद्यालाई प्लस २ बनाउन विभिन्न दबाउ मुलक कार्यक्रम भए पनि जनप्रतिनिधिहरुकाे उदासिन्ताका कारणा हुन नसकेकाे स्थानियहरुले गुनासाे गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा दशाैं उद्याेग दिवस मनाइयाे

कालिका टाईम्स

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

कालिका टाईम्स

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.702 sec. Memory consumption:81.42 mb