21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भारत तर्फ लागि रहेको रक्सी सशस्त्र प्रहरीद्वारा पक्राउ गरि नष्ट

rakasi nast_kalikatimes

वीरगंज । अबैध रूपमा भारत तर्फ लागि रहेको रक्सि सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीले पक्राउ गरि नष्ट गरेको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा न:३ स्थित झौवा गुठीबाट सशस्त्र प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतको टोलिले मंगलबार बिहान ६ बजे भारतमा लागि रहेको करिब ११ हजार ८ सय रुपैयाँ बराबरको कस्तुरी र लिच्ची पक्राउ गरेको थियोे ।

प्रहरीलाई देखेपछि तस्करहरुले धानको खेतमा रक्सीको कार्टुन फालेर भागेका थिए । पक्राउ गरेको उक्त रक्सी स्थानीय बासी ,जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानिय पत्रकारहरुको रहोबरमा खाल्टोमा खन्याइ नष्ट गरिएकाे सशस्त्र प्रहरी निरीक्षक अरुण बस्नेतले जानकारी दिनुभयो।

भारतकाे बिहार सरकारले रक्सी बिक्री बितरणमा रोक लगाएपछी नेपालबाट रक्सी तस्करी सुरु भएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:2.838 sec. Memory consumption:81.45 mb