7 April 2025
KALIKATIMES.COM

महुवनमा चुनाव लाग्याे, समाजवादीले पनि उम्मेदवार घाेषणा गरे

umedwari ghosana_kalikatimes
समाजवादीले अाफ्नाे पार्टीकाे तर्फबाट उम्मेदवार घाेषणा गर्दै । तस्विर : साैजन्य

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ५ महुवनमा हुने उप निर्वाचन लागेकाे छ । वडाध्यक्ष पदकाे लागि मंसिर १४ गते हुने उप निर्वाचनमा समाजवादी पार्टी पनि उम्मेदवार घाेषणा गरेकाे छ ।

एक भव्य कार्यक्रमका बिच पार्टीकाे तर्फबाट समाजवादीले वडाध्यक्षकाे उम्मेदवार रुपलाल प्रसाद यादवलाई घाेषणा गरेकाे हाे ।

यस अघि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार घाेषणा गरि सकेकाे छ । नेकपाले पार्टीकाे तर्फबाट वडाध्यक्षकाे उम्मेदवार उद्यशंकर राैनियारलाई बनाउने घाेषणा गरेकाे छ । नेपाली कांग्रेसले अझै पनि अाैपचारीक रुपमा उम्मेदवार घाेषणा गरि सकेकाे छैनन् । तर नेपाली कांग्रेसबाट अशेसर यादवकाे नाम चर्चामा रहेकाे छ ।

समाजवादी पार्टीकाे उम्मेदवार घाेषणा सभामा केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश सांसद अब्दुल रहिम अन्सारी विरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, समाजवादीका जिल्लाका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, जिल्ला सदस्य सुन्दर कुर्मी, सखुवा प्रसौनी गाउँपालिका प्रमुख प्रदिप जयसवाल, इकाइ कमिटी महुवनका शिवनाथ साह तेलि, सचीव अनिल साह तेलि, पुरन यादव, पन्नालाल यादव, श्यामबाबु पटेल, चिरञ्जीवी चौधरी , सलिम मियाँ अन्सारी, जदु साह तेलि, गुलाम यादव, जादोलाल साह कलवार, प्रमोद जयसवाल, शिव साह तेलि, उपनिर्वाचनका वडा अध्यक्षका उमेदवार रुपलाल कुमार यादव लगायतकाकाे सहभागिता रहेको थियो ।

साेमबार भएकाे उम्मेदवार घाेषणा सभा मै निवर्तमा संघिय सामाजबादी पार्टी र नयाँ शक्ति पार्टी सखुवा प्रसौनी बिच एकिकरण समेत भएकाे समाजवादी पार्टीका स्थानिय कार्यकर्ता सुनिल प्रसाद कलवारले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:5.553 sec. Memory consumption:82.43 mb