26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

२ कराेड २४ लाखकाे लागतमा निर्माण हुने इस्लामिक स्कुल भवनको शिलान्याश

eslamik school silnayas_kalikatimes

वीरगंज । सुफ्फह आयडियल एकेडमी इस्लामिक स्कूलको नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ ।

शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष रहबर अन्सारीले सकारात्मक सोचका साथ आफ्नाे बालबालिकाहरुलाई पढाऔ, जो देशका असल नागरिक बन्न सकोस भने अभिभावक र शिक्षकहरु तथा व्यवस्थापन पक्षलाई सुझाएका छन् । साथै उनले बिना शिक्षाको देश विकाशमा कुनै सहयोग हुन सक्दैन त्यसैले अभिभावक तथा शिक्षकहरुलाई आफ्नो डियुटी मात्र नबुझेर असल नागरिक बनाउनमा सहयोग गर्न बताए ।

त्यसैगरि इस्लामि संघ नेपालका पर्सा जिल्ला अध्यक्ष जमिल अख्तरले इस्लामि शिक्षा बारे प्रकाश पार्दै आजको युगमा आधुनिक शिक्षाको पनि त्यति नै आवश्यक्ता रहेकाे वताउदै त्यसैले हामीले इस्लामिक शिक्षा र सरकारी स्तरका शिक्षालाई समावेश गरिएको व्यहोरा जानकारी गराएका थिए ।

उक्त शिलान्याश कार्यक्रम कुरानको पाठबाट शुरु  गरेर विद्यार्थीहरुले इस्लामीक तराना सहित राष्ट्रिय गान पनि गाएका थिए  भने इस्लामि संघ नेपाल तथा अलहेरा एजेकेशन सोसायटीका सदस्य भोला मिया अन्सारीको अध्यक्षता भएकाे थियो ।

जसमा इस्लामी संघ नेपालका प्रदेश अध्यक्ष मुज्तुबा अन्सारी, सुफ्फह आइडियलका संस्थापक अध्यक्ष डा मुजतबा अन्सारी, अलहेरा एजुकेशन सोसायटीका पर्साका ई. नुरुलहोदा आलम, समाजसेवी ग्यासुदिन मिया, इजहार अन्सारी, इजराइल अन्सारी, वडा नं. १४ का वडा सदस्य रफिक अन्सारी, अब्दुल रउफ अन्सारी, पत्रकार एसएम जहाँगस्त, कन्सट्रक्सन कम्पनीका मैनेजर दिलिप कुमार श्रीवास्तव, राम भजन गुप्ता लगायत शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

अलहेरा एजुकेशनल सोसायटीको मातहतमा रहेका सुफफह आयडियल स्कूलको भवन निर्माणको लागि करिब २ करोड २४ लाख आर्थिक सहयोग इस्लामिक डेभलप्मेन्ट बैंक, सउदी अरबीयाले गरेको हो भने कार्यक्रमको सहजीकरण मोलाना अशरफ फलाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.962 sec. Memory consumption:81.42 mb