26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छठ पूजा सिमितिकाे उपहार वितरण, पटेलले पाए माेटरसाइकल

chhath puja samiti_kalikatimes

वीरगंज । वीरगन्ज १६ नगवाको श्री बौद्धीमाई मन्दिर प्राङ्गणमा आयोजना गरिएको छठ पुजाको अवसरमा उपहार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । श्री बौद्धीमाईको प्राङ्गणमा छठ पूजा समितिले आयोजना गरेको उपहार वितरण कार्यक्रममा करिब ४० जनालाई सम्मान गरेको छ ।

मन्दिर प्राङ्गणमा आयोजना गरिएको भव्य छठ पूजामा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउँने ४० जना व्यक्तिलाई प्रशंसा पत्र उपलब्ध गराएर सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेसका नेता एवं पूर्व सांसद अनिल कुमार रुगंटाले समितिका पदाधिकारी तथा अन्य छठ पूजामा योगदान पु¥याउँनेलाई प्रशंसा पत्र उपलब्ध गराएर सम्मान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व सांसद रुगंटाले यसबर्ष झै आउँने दिनमा पनि नगवाको बौद्धीमाई मन्दिर प्राङ्गणमा भव्य र सभ्य रुपमा छठ पर्व मनाउँन शुभकामना दिए । उनले भने, छठ पर्व हिन्दुहरुको तथा तराई मधेशको महान पर्व रहेकोले यसलाई अझै व्यवस्थित रुपमा मनाउँन सबैको सहयोग र सदभाव हुन आवश्यक छ ।

छठ घाट सजावट ईलेक्ट्रिक डेकोरेशन, सर सफाई तथा परिसर भित्र सुरक्षा व्यवस्था मिलाउनको लागि आयोजना गरिएको उपहार कार्यक्रममा वीरगन्ज १६ नगवाका रामचन्द्र पटेलले मोटरसाईकल जित्न सफल भएका छन । पटेलले काट्ेका चिठ्ठा नम्बर ७०६ लक्की ड्र निकाल्दा महिन्द्रा कम्पनीको मोटरसाईकल हात पार्न सफल भएका हुन ।

त्यसैगरी वासिंग मेसिन, फ्रिज, एलईडी, साईलक, गैस चुल्ला, राईस कुकर, मिक्चर ग्रेन्डर र स्कुल व्याग गरी ९५ जनाले उपहार जित्न सफल भएका हुन । छठ पूजाको लागि समितिले २ हजार उपहार चिठ्ठा राखेको थियो । त्यसमध्ये १९ सय जनाले मात्र चिठ्ठा काटेका थिए ।

समितिका अध्यक्ष सुरेश महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री बौद्धीमाई मन्दिर संचालन विकास समितिका अध्यक्ष रामधार प्रसाद चौरसिया, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, समितिका वरिष्ठ सल्लाहकार रविन्द्र श्रीवास्तव, नगवा हाट बजार व्यवस्थापन समितिका अध्यक्ष अशोक पटेल लगायत समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.371 sec. Memory consumption:81.42 mb