26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमको अनुगमन

वीरगंज । पर्सामा संचालित राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत आज बिरगंज महानगरपालिकाका ३ वटा बिधालयमा अनुगमन गरिएको छ ।

श्री रामधेनी पंडित प्राथमिक बिधालय बजारछपकैया, श्री बालमंन्दिर प्राथमिक बिधालय आदर्शनगर र श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय आठराहासुगौलीमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा बिरगंज महनगरपालिकाका शिक्षा विकास समन्वय ईकाई प्रमुख अरबिन्दलाल कर्णले अभिभावकहरु सित बिधालयमा आफना छोराछोरीहरुलाई सरसफाई गरी, ठिक समयमा, र बिधालयमा आई रेखदेख गर्ने तथा घरमा बिहान र बेलुका पढन लगाए पछि अवश्य नै बिधार्थीहरु पढेर ठुलो हुने बताउनु भएको छ ।

अभिभावकहरु सित कुरा गर्दै सल्लाहको रुपमा यस्तो कुरा दिनु भएको हो । अनुगमनकै क्रममा शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले प्रत्येक बिधार्थिहरुको ८० प्रतिशत हाजिर हुनु पर्ने प्रावधान रहेकोले प्रतिदिन बिधालयमा पडाउनु पर्ने आग्रह गरे । जुन अभिभावकले आफना छोराछोरीलाई बिधालय पठाउदैन वा शिक्षाबाट बंचित गर्छ उसले जेल जानु पर्ने प्रावधान रहेको बताए ।

अनुगमनको बिधार्थीहरु नियमित रुपमा पढन नआएको, शिक्षकहरु संख्यामा कमी, रहेको देखिएको छ । अनुगमनको क्रममा जिल्ला संयोजक भरत यादव, संस्थाका संयोजक नरेश गुप्ता लगायतका सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:2.413 sec. Memory consumption:81.41 mb