26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नायिका खड्काले बाडिन दलित बालबालिकालाई शैक्षिक सामाग्री

 वीरगन्ज । नायिका तथा समाजसेवी श्वेता खड्काले बिरगन्जको शान्तिटोलका दलित बालाबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेकी छिन् ।

बिहिबार देखि वीरगन्जमा शुरु हुन लागेको नेपाली फिल्म महोत्सवमा सहभागीहुनआईपुगेकी नायिका खड्का स्थानीय बालबालिकाहरुलाई बिद्यालय जानको लागि अभिप्रेरित गर्ने उद्देश्य शैक्षिक सामाग्री बितरण गरेकी हुन ।

वीरगन्ज महानगरपालिका वडा २ छपकैयाको शान्ति टोलमा रहेका ३५ जना दलित बालबालिकालाई नायिका खड्काले शैक्षिक सामाग्री उपलब्ध गराएकी हुन ।

लुमन्ती आवासको लागि सहयोग समुहद्वारा ९ बर्ष अगाडि सामुहिक आवास निर्माण गरिएको सो बस्तिका अधिकांस बालबालिकाहरु बिद्यालय नजाने गरेको थाहा पाएर उनिहरुलाई अभिप्रेरित गर्नको लागि आफु त्यस बस्तिमा आएको उनले बताइन । उनले अबिभावकहरु समक्ष आफ्ना बालबालिकाहरुलाई बिद्यालय पठाउन आग्रह समेत गरिन । स्थानिय महिलाहरु बचत समुह मार्फत बिभिन्न आय आम्दानिको कार्यमा सहाभागी भएको देखेर खुशी भएकी नायिका खड्काले महिला समुहलाई रु १५ हजार आर्थिक सहयोग समेत् गरेकी थिईन् ।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा नेकपाका युवा नेता अरबिन्द सिहले नायिका खड्काले सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसा गरे ।

सिन्धुपाल्चोकका भुकम्प पीडित माझी समुदायको लागि एकिक्रित बस्ती बिकास गरिरहेकी नायीका खड्काको सामाजिक कार्यप्रतीको लगाव प्रशंसा योग्य छ उनले भने , नेपाली कलाकारहरु सिनेमाको पर्दामा मात्र नभई वास्तविक रुपमा पनि समाजको लागि प्रेरणाको स्रोत बन्नु पर्छ ।

नायिका खड्काले कलाकारीतासंगै सामाजिक दायित्व समेत निर्वाह गरिरहेकोमा धन्यवाद ब्यक्त समेत उनले गरे ।
त्यस्तै कार्यक्रममा सहभागी नेपाली काग्रेसकी महिला नेतृ सुश्मा तिवारी दुवेदीले नायिका श्वेता खड्काले मधेशको भुमीमा टेकेर सामाजिक भाव सहित एउटा बिपन्न बर्गको ढोका सम्म आईपुगेकोमा धन्यवाद प्रकट गरिन ।

स्मरण रहोस्, नेपाली चलचित्र” कहाँँ भेटिएला” मार्फत नेपाली सिने क्षेत्रमा स्थापित नायिका खड्का स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठकी पत्नी हुन् ।

आफ्न स्वर्गिय पती श्रीकृष्ण श्रेष्ठको स्‍मृतिमा श्वेताश्री फाउण्डेशन नामक संस्थाको स्थापना गरी एकिकृत बस्ती बनाई रहेकी नायिका खड्काले ५३ घर माझी पारीवारको लागि सिन्धुपाल्चोक जिलाकै नमुना बस्ती निर्माण गरिरहेकी छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, श्वेता श्री फाउण्डेशनका कार्यक्रम ब्यवस्थापक यज्ञराज कार्की, लुमन्तिका फिल्ड संयोजक अब्दुल कैस लगायतको उपस्थिती सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.288 sec. Memory consumption:81.42 mb