7 April 2025
KALIKATIMES.COM

सपाले महुवन उपनिर्वाचन उम्मेदवारको लागि रुपलालको नाम सिफारिस गर्यो

वीरगंज । समाजवादी पार्टीले पर्साको सखुवा प्रसौनी गाउँपिलका वडा नं. ५ महुवनको वडाअध्यक्ष पदको हुने उप निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

समाजवादी पार्टी पर्साको मंगलबार वीरगंजमा बसेको जिल्ला समन्वय सिमितिको पदधिकारी बैठकले रुपलाल यादवको नाम प्रदेश समितिलाई सिफारिस गरेको हो । मंसिर १४ गते हुने सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ को उपनिर्वाचनको लागि वडाअध्यक्षको उम्मेदवार पार्टीबाट बलुवा निवासी रुपलाल यादवलाई बनाउन सर्वसहमतिबाट निर्णय गरिएको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष समेत रहेका समाजवादी पार्टी पर्साका जिल्ला सदस्य प्रदिप जयसवालले वताए ।

वडाध्यक्षको उम्मेदवारको लागि नाम सिफारिस भएका रुपलाल निवर्तमान वडाध्यक्ष स्वर्गिय वृजमोहन प्रसाद यादवका ठुलो छोरा हुन् ।

जिल्ला समन्वय समिति पर्साको सभा हलमा बसेको बैठकमा प्रदेश सभा सदस्य अब्दुल रहिम अंसारी, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, जिल्ला सदस्य सुन्दर कुर्मी, नेक महमद अंसारी, प्रदिप जयसवाल, जयनारायण प्रसाद पटेल, बिन्दवासीनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:6.207 sec. Memory consumption:82.4 mb