22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छठ घाट सजाउने कार्य अन्तिम चरणमा (फोटाेफिचर सहित)

adiarwa chhath ghat_kalikatimes

वीरगंज । छठ पर्व शुरु भएसँगै वीरगंजका मुख्य छठ घाटहरू सिँगार्ने कार्य जोडतोडले भइरहेको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालुहरु छठघाट जाने गर्छन् ।

नदी, पोखरी, तलाउको किनारमा बनाइने छठघाटलाई झिलिमिली बत्ती र रंगिचंगी पण्डालले सिंगार्ने गरिन्छ । छठघाटको सय मिटर परदेखि नै पण्डाल, झिलिमिली बत्ती लगाएर आकर्षक बनाउनदेखि सुरक्षा व्यवस्थामा समेत गरी लाखौं खर्च गर्ने प्रचलन बढ्दैछ ।

वीरगञ्जको घडीअर्वा, मुर्ली, नगवा, छपकैया, रानीघाट, आदर्शनगर स्वीमिङ पुललगायत छठ घाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पूजा समितिहरूले जनाएका छन् ।

वीरग‌ंजकाे बीचमा सूर्य भगवानको मन्दिर भएको घडीअर्वा पोखरी छठघाटलाई विशेष मानिन्छ । घडीअर्वा छठघाटलाई यसवर्ष झण्डै १६ लाख खर्च गरेर सजावटकाे काम भइरहेको जनाएकाे छ । खडिअर्वा पाेखरीकाे कसरी सजाइएकाे छ तस्बिरमा हेर्नुहाेस् ।

ghadiharwa chhath ghat_kalikatimes

chhath ghat5_kalikatimes

chhath ghat4_kalikatimes

chhath ghat3_kalikatimes

chhath ghat_kalikatimes

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:5.350 sec. Memory consumption:81.44 mb