22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

काठमाडौंंको छात्राद्वारा वीरगंजमा बृक्षारोपण

वीरगंज । बुढानिलकण्ड स्कूल काठमाडौं नेपालका छात्रा तरनुम बेगमको आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा बृक्षारोपण गरिएको छ ।

खानेपानी सरसफाई उपभोक्ता समिति वीरगंज १७ को सह आयोजनामा उपभोक्ता समितिको प्राङ्गणमा टिक, सपेता, बेल, अशोका, मंगोलियम सखुवा, लहरे पिपल लगायत विभिन्न प्रजातिका एक सय विरुवाहरु रोपिएको छ ।

खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष ओमकृष्ण लामिछानेको सभापतित्वमा र खानेपानी डिभिजन कार्यालय बारा, पर्साका प्रमुख जक्की अहमदको प्रमुुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गंगाधर महतो, राप्रपा पर्साका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय, नेपाली काँग्रेसका गाउँ कमिटि उपाध्यक्ष गन्नी मंसुरी, श्रीद्धारदेवी मावि अलौंका प्रअ राजु माली, स्थानिय किष्णदेव यादव, बुढानिलकण्ठ स्कूल काठमाडौं कक्षा ९ मा अध्ययनरत्त छात्रा तरनुम बेगम लगायत स्थानियबासीहरुले बृक्षारोपण गरेका थिए ।

सहभागीहरुलाई अफजल हुसैन अंसारीले स्वागत गरेको कार्यक्रमको संचालन बेगमका बुवा बसिर अहमदले गरेका थिए । बुढानिलकण्ठ स्कूल काठमाडौं कक्षा ९ मा अध्ययनरत्त छात्रा तरनुम बेगमको प्रोजेक्ट वर्क अन्र्तगत आज सो बृक्षारोपण गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.786 sec. Memory consumption:81.41 mb