22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा लौकाको मूल्य रु ४ सय

laukako mulya_kalikatimes
वीरग‌जकाे घण्टाघरमा बिक्री गर्नको लागि राखिएकाे लउका । तस्विर : जाकिर हुसेन

वीरगंज । पर्साको सदरमुकाम र प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगंजमा छठ पर्वको चहलपहल सुरु भए संगै तरकारीको मूल्य अकाशिएको छ ।

वीरगंजको घण्टाघरमा बुधबार बिहान प्रति लौकाको मूल्य रु २ सय देखी रु ४ सय सम्म बिक्री भएको छ । सानो लौका रु २ सय देखी रु २ सय ५० सम्म र ठूल्लो लौका रु २ सय ५० देखी रु ४ सय सम्म बिक्री भईरहेको हाम्रा सहकम्रीले जनाएका छन् ।

त्यही लौका तरकारी व्यापारीहरु संग वीरगंजका व्यापारीहरुले रु एक सय ५० देखी २ सय सम्म खरिद गरि दोबरमा बिक्री गरे पनि सम्बन्धित निकाय मौन देखिएको छ ।

चांड पर्वको बेल्ला सम्बन्धित निकायले बजार अनुगमनमा ध्यान नदिएका कारण व्यापारीहरु मनमानी गरिरहेको उपभोक्त्ताहरुले गुनासो गरेका छन् । छठ पर्वमा लउकाको तरकारी र झुरी बनाउनमा काम लाग्ने हुदा माग बढी भएका कारण पनि मुल्य अकाशिएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.445 sec. Memory consumption:81.41 mb