22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पुनिता र रविताद्धारा बाल हेल्पलाइनमा खाजा वितरण

वीरगंज । वीरगंजको बाल हेल्पलाइनमा खाजा र फलफुल वितरण गरिएको छ । वीरगंज महानगरपालीका वाड नं. ३ छपकैयामा रहेको बाल हेल्पलाइन वीरगंज शाखामा आज खाजा र फलफुल वितरण गरिएको हो ।

वीरगंज महानगरपालीका वाड नं. ११ श्रीपुर स्थित रहेको आदर्श टोल निवासी दिनानाथ गिरीको श्रीमती वर्ष २८ की पुनिता गिरी र सोहि ठाउँ बस्ने शसी पटेलको श्रीमती वर्ष २७ की रविता पटेलले आज बाल हेल्पलाइनमा रहेको बच्चाहरुका लागी खाजा र फलफुल वितरण गरेको बाल हेल्पलाइन वीरगंज शाखाका प्रमुख शम्भु साहले बताउनुभयो ।

आफुहरु २ महिना खाजा नखाई आफ्नो खाजाको पैसा बचत गरेर बाल हेल्पलाइनमा रहेका बच्चाहरुका लागी खाजा र फलफुल किनेर बाल हेल्पलाइनमा वितरण गरेको गिरीले बताउनुभयो । अहिले तिहार र छठको समय रहेकोले आफुहरु संग आर्थिक अवस्था अली कमजोर भएकोले यसपटक आफ्नो खाजाको पैसा बचत गरेर अली कम सहयोग गरिरहेका छौ तर अर्कोपटक बाल हेल्पलाइनमा रहेका बालबालीकाको लागी यस भन्दा बढी खाजा समाग्री, कापी, सिसाकलम लगायत केहि आर्थिक सहयोग पनि गर्ने पटेलले बताउनुभयो ।

गिरी र पटेल सामान्य परिवारबाट रहेर पनि आफ्नो खाजाको पैसाबाट बाल हेल्पलाइनका बालबालीकाको लागी खाजा र फलफुल उपलब्ध गराएको र उनिहरुको बाल हेल्पलाइनमा रहेका बालबालीकाहरु प्रति माया र प्रेम हेरेर बाल हेल्पलाइन वीरगंज शाखामा रहेकी बच्चाहरुलाई रेखदेख गर्ने सविता चौधरीले आफ्नो खुशी ब्यक्त गर्नुभयो ।

बाल हेल्पलाई वीरगंज शाखा संचालन भएको आज १ महिना पुरा भएको र अहिले सम्म वीरगंज महानगरपालीकाको सहयोगले चल्दै आएको प्रमुख साहले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.435 sec. Memory consumption:81.41 mb