22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्साका ३ फरार प्रतिबादि पक्राउ

वीरगंज । पर्सा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्साको पकहा मैनपुर गा.पा. वडा नं.१ धोरे निवासी बर्ष ४८ को मदन प्रसाद चौहान, बर्ष ५५ को मेघराज साह र बिरगंज महानगरपालिका २ छपकैया निवासी बर्ष ५१ को मक्सुद मिया तेलीलाई प्रकाउ गरेको हो ।

पक्राउ परेका चौहान पर्सा जिल्ला अदालतको मिति २०७५।०१।२४ गतेको फैसलाले ला.औ.गाँजा/चरेश मुद्दामा ९ महिना २३ दिन कैद र रु.५,०००।– जरिवाना भई फरार रहेका थिए । साह २ बर्ष १९ दिन कैद र रु. ७,०००।– जरिवाना फैसला भई फरार रहेका थिए ।

चौहान र साहलाई आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी धोरे, पर्साबाट खटिएको प्रहरी टोलिले सोमबार पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको जनाएको छ ।

मियाँ पर्सा जिल्ला अदालतको मिति २०७२/०२/०५ गतेको फैसलाले ज.ज.क.उ.मुद्दामा रु.१,०००।– जरिवाना भई फरार रहेका थिए ।

मियाँलाई पनि आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा जि.प्र.का. तथा व.प्र.का. विर्ता, पर्साबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.904 sec. Memory consumption:81.39 mb