29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

दाइजो नल्याउँदा २२ वर्षीय युवतीको हत्या

kalikatimes

विराटनगर । विराटनगर महानगरपालिका-११ कि विवाहित एक युवतीको शव सीमावर्ती भारतीय बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर-११ माइती भएकी २२ वर्षीया रन्जना सहनीको शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ। सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले दबाब दिँदै आएका थिए। दाइजो नल्याएको रिसमा उनको हत्या भएको आशंका स्थानीयले गरेका छन्।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ।

सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ।

कुटपिटपछि उनको हत्या भएको अनुमान गरिएको छ। थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

रञ्जनाको ८ महिना अगाडी २३ फागुनमा बहरदारसँग मागी विवाह भएको थियो। दाइजो स्वरुप माग गरिएको २ लाख रुपैयाँ नदिंदा छोरीको हत्या भएको माइती पक्षको दाबी छ।

पन्ध्र दिन अगाडि पनि ज्वाइँले पसल खोल्नलाई रकम चाहिएको भन्दै दबाब दिएको र नदिएमा रञ्जनाको हत्या गर्ने धम्की दिएको माइती पक्षको आरोप छ।

विवाह पछि पनि ऋण काढेर ज्वाइँलाई मोटरसाइकल किनेर दिएको माइती पक्षले प्रहरी समक्ष बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.540 sec. Memory consumption:81.4 mb