22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

शैक्षिक क्षेत्र केही जनप्रतिनिधिको कमाई खाने भाडो, रोक्न आवश्यक : सांसद यादव

वीरगंंज । शैक्षिक क्षेत्र स्थानीय निकाय माताहात आएदेखी सरुवा बरुवाको नाममा केही जनप्रतिनिधिको कमाई खाने भाडो बनेको सांसद प्रदिप यादवले बताउनु भएको छ ।

वीरगंज महानगरपालिकाको वडा नम्बर १५ भेडियाहिमा आयोजित जनता दर्शन अभियान कार्यक्रममा बोल्दै उहाँले अहिले शिक्षकहरुले लाख रुपैयाँ नबुझाए पायक पर्ने ठाउँ भन्दा भिन्न विद्यालयमा सरुवा गर्ने प्रविति मौलाएको उहाँको भनाई थियो ।
स्थानीय निकाय मताहत विद्यालय आएदेखि पढाईको स्तर खस्किएसंगै बालबालिकाहरु पनि विद्यालय बाहिर रहेको प्रति सांसद यादवले चिन्ता व्यक्त गर्नु भएको थियो ।

जनताको सेवाका लागी जितेका जनप्रतिनिधिहरु कमाई धन्दामा लागेकाले सोचे अनुरुप विकास हुन नसकेको उहाँको भनाई थियो । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद प्रदिप यादवले जनताको समस्या जनताकै घरदैलो कार्यक्रममा स्थानीय युवाहरुले यसै वडामा रहेको लगभग ७ विग्हा एलानी जग्गामा खेल मैदान बनाईदिन अनुरोध गरेका थिए ।

यसैगरी स्थानीय अगुवाहरुले २०४२ मै स्थापना भएको श्री जनतादेबी हरिहर सरार्फ निम्न माध्यमिक विद्यालयलाई प्लस टु सम्मको अध्ययन मिलाउन र सडक तथा नालाको काम गुणस्तरीय गराउन आग्रह गरेका थिए ।

स्थानीयको समस्या सम्बोधन गर्दै सांसद यादवले श्री जनतादेबी हरिहर सरार्फ निम्न माध्यमिक विद्यालयलाई प्लस टु सम्म बनाउन आफुले शिक्षा मन्त्रालयसंग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएको थियो यससंगै उहाँले एलानी प्रति जग्गा नापी कार्यालयको समन्वयमा नाप नक्सा गराएदेखि आफुले खेल मैदानका लागी तत्काल माटो पुरेर स्तरिय बनाउन घोषणा गर्नु भएको थियो । स्थानीय निकाय र प्रदेश सरकारले टोल विकासका लागी गरिरहेको काम गुणस्तरीय गराउन स्थानीय भद्रभलादमी जागरुक हुनुपर्ने धारणा राख्नु भएको थियो ।

वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य अजय सरार्फको सभापतित्वमा भएको कार्यक्रममा समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव, शिक्षक महासंघका केन्द्रिय सदस्य ओमप्रकास सरार्फ, युवा नेता निखिल वर्णवाल, स्थानीय अगुवा रामबाबु गुप्ता, मोहरम मियाँ, भरत साह, अभिरिलाल साह सोनार लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.169 sec. Memory consumption:81.42 mb