वीरगंज । पर्सा प्रहरीले मोबाईल चोरीकाेे घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं ३ का गौरी शंकर यादव, वीरगंज महानगरपालिका वडा १७ बस्ने मनोज राम हरिजन, वीरगंज महानगरपालिका वडा नं १४ बस्ने जमसेद अंसारी र भारत जिल्ला बिहार पूवी चम्पारणका बिक्रम पटेल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनाको साथ बाट भारतिय र नेपाली रुपया नगद बरामद गर्नुका साथै १७ ओटा विभिन्न कम्पनीका मोबाईल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंज महानगरपालिकाको विभिन्न ठाउबाट मोबाइल चोरि गर्ने पक्राउ परेका चारैजनालाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरीको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस