29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

महराले सांसद पदबाट राजिनामा नगरे पार्टीले हटाउने

काठमाडौं । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन्।

सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ। तर महरा भने तत्कालै सांसद पद त्याग्ने मुडमा देखिएका छैनन्। उनले सभामुख पदबाट राजीनामा दिदाँ समेत लटरपटर भाषा प्रयोग गरे। न त उनले संविधानको धारा उल्लेख गरेका छन्। न त राजीनामा सभामुख पदबाट दिएको वा सांसद पदबाट दिएको नै खुलाएका छन्।

‘पार्टीले छानबिनमा सहयोग होस् भनेर सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको हो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘सांसद रहिरहँदा पनि छानबिनमा असर पर्छ भनेर राजीनामा दिन भनिएको हो।’

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजीनामा दिन सुझाव दिनुअघि महरासँग टेलिफोनमा कुराकानी गरेका थिए।

महराले फोनमा अध्यक्षद्वयलाई आफूले कुनै महिलालाई भेट्न नगएको बताएका थिए।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘विज्ञप्तीबाटै थाहा भयो नि’ भन्दै जवाफ फर्काएका थिए। महराले आफू आरोप लगाउने महिलालाई भेट्न नगएको बताए लगत्तै ओलीले व्यङ्ग्य गर्दै ‘सुरक्षाकर्मीहरुबाट थाहा भयो’ भन्ने जवाफ दिएका थिए।

नेकपाका एक सचिवालय सदस्यले महरालाई सांसदको हैसियतमा पार्टीले नचिन्ने बताए। ‘उहाँ अब संसदीय दलको बैठकमा निम्त्याइनु हुन्न। किनभने दलले उहाँलाई चिन्दैन’, ती नेताले भने, ‘उहाँले कहाँ राजीनामा दिने भन्ने थाहा नपाएकाले सांसद पदबाट राजीनामा नदिनु भएको होला।’

कुनै सांसद पद छाड्न चाहे सभामुखलाई राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ। तर सभामुखले राजीनामा स्वीकार नगर्दासम्म पद रहन्छ। संविधान जारी भए लगत्तै बाबुराम भट्टराईले तत्कालिन सभामुख सुवास नेम्वाङलाई राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएको थियो। तर संविधानको विरोध गर्दै राजीनामा तत्कालिन सद्भावनाका सांसद लक्ष्मणलाल कर्ण लगायतको राजीनामा सभामुखले स्वीकृत गरेका थिएनन्। फलस्वरुप उनीहरुले संविधान जारी भैसकेपछि संसदमा फर्किएका थिए।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउने तयारी नेकपाको छ। ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनैपनि सदस्यलाई दलबाट निस्कासन गर्न सक्ने व्यवस्था रहेको छ। यसरी निस्कासन गरेपछि उनको सांसद पद गुम्नेछ। सेताेपाटीबाट

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.815 sec. Memory consumption:81.43 mb