24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

दशैंको अवसरमा वीरगंजमा नाम मात्रको सस्तो बजार संचालन

sasto bajar_kalikatimes

वीरगंज । वीरगंजमा आज देखी नाम मात्रको सस्तो बजार संचालनमा आएको छ । दशैंको अवसरमा वीरगंज उद्योग वाणिज्य संघमा संचालनमा आएको सस्तो बजार नाम मात्रको रहेको बजार अवलोकन गर्नेहरुले गुनासो गरेका छन ।

उद्योग वाणिज्य संघको सहयोगमा संचालनमा आएको सस्तो बजारको भाउ बाहिरको बजार भाउ जस्तै रहेको वीरगंज रानिघाटका जय प्रकाश कुशवाहाले वताए । उनका अनुसार बाहिर चिनीको भाउ प्रति किलो रु ७५ रहेको छ भने उद्योग वाणिज्य संघमा लागेको सस्तो बजारमा रु ७४ प्रति केलो रहेको छ । प्रति किलो एक रुपयाको मात्र फरक रहेको छ ।

यस्तै सस्तो नामको बजारमा पाइने चामल, दाल, चाना, केराउ, सतुवा, तेल, अगरबती लगायतको सामग्रीको बिक्री दर बजार जस्तै भएको अर्का अवलोकनकर्ता वीरगंज श्रीपुरका राधेश्याम पटेलले वताए ।

उद्योग वाणिज्य संघको भवनमा लागेको सस्तो बजारमा १२ वटा स्टलमा विभिन्न सामग्रीहरु राखिएको छ । बजारमा राखिएको स्टलको लागि उद्योग वाणिज्यले ठाउँ मात्र उपलब्ध गराइदिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.041 sec. Memory consumption:81.4 mb