24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सडक फराकिलो पार्ने निर्णय कार्यन्वयको मांग गर्दै युवाहरुले बुझाए ज्ञापन

sangharsa samitidawara gayapan_kalikatimes

वीरगंज । वीरगंज विकास युवा संघर्ष समितिले आज पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएको छ ।

वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्ने निर्णय कार्यन्वय गर्न माग राख्दै संघर्ष समितिले ज्ञापन पत्र बुझाएको समितिका अकलेश साहले वताए । मुख्य सडक नतोड्ने वीरगंजबाट गएको विभिन्न राजनितिक दलका नेताहरु सहितको जम्बो टोलीको करा नसुन्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरिएको साहले वताए ।

डेलिगेशन गएको टोली वीरगंजको बिकास बिरोधी भएको वीरगंजका युवाहरुले ठहर गर्दै सो बिरुद्ध वीरगंज विकास युवा संघर्ष समिति नै गठन गरी चरणवद्ध आन्दोलनको कार्यक्रम सुरु गरेका छन । वीरगंज विकास संघर्ष समितिका युवाहरु वीरगंज बचाउ संघर्ष समिति केही व्यक्तिको स्वार्थको लागि गठन भएको र केही नेताहरु समेत वीरगंज विकासको बाधक देखिएकोले तिनिहरुको भण्डाफोर गर्दै बिरगंजको सडक फराकिलो नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा संघर्ष समितिका रामबाबु मन्डल, अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, मोहम्मद जौवाद, दिपक पटेल, सम्सुल अंसारी, सागीर अंसारी, रंजीत चौरसिया, राकेश पटेल लगायतकाको सहभागिता रहेको थियो ।

वीरगंजको मुख्य सडक तोडन दबाव दिनको लागि शनिबार संघर्ष समितिका युवाहरु वीरगंजमा प्रदर्शन समेत गरेका थिए । यस अघि युवाहरु बैठक बसी वीरगंज विकास बाधकहरुको विरुद्ध संघर्ष गर्न समिति गठन गरी विभिन्न दबावको कार्यक्रम तय गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:2.765 sec. Memory consumption:81.41 mb