24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजको मेन रोड तोडने पक्षमा युवाहरुद्वारा प्रदर्शन

वीरगंज । वीरगंजको मेन रोड तोडने पक्षमा शनिबार वीरगंजमा प्रदर्शन भएको छ । वीरगंजको घण्टाघरमा जम्मा भएका युवाहरुले मेन रोड नतोडन पक्षमा लागेकाहरुको विरुद्ध प्रदर्शन गरेका हुन ।

वीरगंजको घण्टाघरबाट सुरु भएको युवाहरुको विरोध प्रदर्शन माइस्थान, महाबिरस्थान, आदर्शनगर, घडिहर्वा हुदै पुनः घण्टाघर पुगि सम्पन्न भएको थियो । युवाहरुले दलालहरु होसियार, वीरगंजको मेन रोड २५/२५ फराकिलो पार, विकास विरोधी मुर्दावाद, युवाशक्ति जिन्दावाद, नेपाल सरकारको निर्णय कायम गर, गण्डक सम्म २५ मिटर वीरगंजमा १५ मिटर किन लगायतका चर्को नाराबाजी समेत गरेका थिए ।

वीरगंजको मेन रोड फराकिलो नभए सम्म विकास नहुने संदिप बिक्रम साहले वताए । वीरगंजको मेन रोड फराकिलो नपार्न डेलिगेशन गएका नेताहरु विरुद्ध आक्रोश पोख्दै साहले सच्निु पर्ने वताए । आउदो पिढीको लागि पनि सडक फराकिलो पार्नु पर्ने वताउदै साहले दालाली गर्नेहरु विरुद्ध युवाहरु अगाडी सरिसकेको वताए ।

प्रदर्शन रामबाबु मण्डल, अकलेश साह, महमुद अन्सारी, सन्दिप बिक्रम साह, रंजित चौरसिया, राकेश पटेल, दाउद अंसारी, शेख सलाम, उमेश कुशवाहा, सागिर अंसारी, जउआद अंसारी, दिपक पटेल लगायतको सहभागिता रहेको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा वीरगंजको मेन रोड फराकिलो पार्न दबाव सवरुप ज्ञापन पत्र बुझाइने अकलेश साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.411 sec. Memory consumption:81.42 mb