24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

रेविज दिवसको अवसरमा जन चेतनामूलक र्याली सम्पन्न

rebij diwas_kalikatimes

बीरगंज । विश्व रेविज दिवस आज वीरगंजमा पनि मनाइएको छ । वीरगंजमा १३ औं विश्व रेविज दिवसको अवसरमा चेतना मूलक र्याली निकालिएको छ । वीरगंज महानगरपालिकाको कार्यालय, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरको सहयोगमा र एशोसियसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साको अयोजनामा र्यालि निकालिएको हो ।

वीरगंजको घण्टाघरबाट सुरु भएको र्याली माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखिया, विर्ता, घडिहर्वा हुदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । एशोसियनस पर्साका अध्यक्ष बैजुलाल गुप्ताको सभापतित्वमा र वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

“खोप लगाउँ, रेविज उन्मुलन गरौं”, “रेविज रोगबाट बाच्न भेकसिनको प्रयोग गरौं”, “पशुपन्क्षीलाई रोग विरुद्ध खोप लगौं, रोग लाग्न बाट बचाऔं” लगायतका नारा लेखिएको प्ले कार्ड सहित निस्केको र्याली सम्पन्न भएको एशोसियसन पर्साका सदस्य सुभम पाण्डेले वताए ।

रेविज दिवस कै अवसरमा आइतबार देखी कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम पनि रहेको एशोसियसन पर्साका सह सचिव कमलेश गुप्ताले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.056 sec. Memory consumption:81.4 mb