24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नक्कली लाइसन्स बनाउने २ जना पक्राउ

nakali laicance_kalikatimes

वीरगंज । पर्सा प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र बनाउने २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. ११ बस्ने ५१ बर्षको मोहनलाल राउत कुर्मी र सोहि स्थान वस्ने वर्ष ४२ को घनश्याम भण्डारीलाई पक्राउ गरेको हो ।

बाराको कोल्हवी नगरपालिका वडा नं. ४ प्रगति नगर वस्ने वर्ष २१ को रमेश चौधरीकोको नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न दुबै जनालाई बुधबार वीरगन्ज ११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाउ परेकाहरुको साथबाट नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातहरु समेत बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.245 sec. Memory consumption:81.41 mb