24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

देश बच्चाउन कम्युनिष्टहरुको हातबाट शासन सत्ता खोस्न जरुरी : नेता केसी

arjun narsing kesi_kalikatimes

वीरगंज । देशमा भष्ट्राचार, बलातत्कार, हिंसा र महंगीको सिमा नाघेको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले वताएका छन । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत वीरगंजको घण्टाघर नजिकको विपी उत्थान पार्कमा मंगलबार आयोजित कार्यक्रलाई सम्बोधन गर्दै नेता केशीले यसमा नेकपा नेतृत्वको सरकार र त्यसको गिरोह सहभागि रहेको वताए ।

नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहेका नेता केशीले भष्ट्रचार नै भष्ट्रचारको हाम्रो देश हुदै गएकोले यसबाट बचाउन जरुरी रहेको वताए । कम्युनिष्टहरुबाट देश बच्चाइएन भने लोकतन्त्र बचाउन नसकिने वताउदै उनले मिडिया काउन्सिल र आम संचार विधेयक ल्याएर सरकार आफ्नो नियन्त्रणमा राख्न खोजेको वताए ।

उनले भने ‘सेना परिचालन गर्ने विधिलाई उल्टाएर मन्त्रीपरिषदको निर्णय अनुसार परिचालन गर्न सकिने विधि ल्याएर नेकपा निरन्कुश ल्याउन खोजेको छ’ । उने यी सबै समस्याबाट जोगाउन नेपाली कांग्रेस बिचको एकता जरुरी रहेको धारणा राखे । एकतर्फ कम्युनिष्टहरुको एकदलिय संवाद र अक्रो तर्फ मधेशी भवनालाई भड्काउन खोजिएको समेत वताए ।

मधेशीको नाममा उब्जेको पार्टीहरु मात्र सत्ताको ब्रागेनिङ्गको लागि रहेको प्रमाणित भइसकेको उनले दावी गरे । जनताको आक्रोशलाई कांग्रेसले लिएर भष्ट्राचार र महंगीको विरोधमा अभियान चलाउनु पर्ने वताए । उनले भने ‘देशलाई बच्चाउन कम्युनिष्टहरुको हातबाट शासन सत्ता खोस्न तर्फ हामीले लाग्नु पर्छ’ ।

दोस्रो चरणको जागरण अभियानलाई सम्बोधन गर्दै उनले नयाँ यात्रामा कांगे्रसलाई प्रबेश गर्नु पर्ने भएकोले जागरण अभियान संचालन गरिएको वताए । उनले भने ‘नेपाली कांग्रस प्रतिको भ्रम चिर्न र कमजोरीहरु पत्ता लगाउन समेत जागरण अभियान संचालन गरिएको हो’। जागरणको सब भन्दा ठूलो आवश्यकता जंहा जे गल्ती भयो, त्यही त्यसलाई छोडेर त्यसलाई सुर्धान संकलप गर्नु पर्ने रहेको उनको भनाई थियो ।

एक अर्काको अस्तित्वलाई स्विकार्दै हामी एक ढिका भए कांग्रेसको कमजोर नरहेको धराणा राखे । हाल सम्मको ठूलो क्रान्ति र परिवर्तन नेपाली कांगेसले गर्दा आएकोले हामीले नसुधरे हाम्रो अस्तित्व नजोगिने वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले हाल कम्युनिष्टहरु कमाउनिष्ट भएको आरोप लगाए ।

कम्युनिष्टहरु बामपंथी नभई दामपन्थी भएको समेत आरोप लगाए । नेता चौधरीले नेकपाका अध्यक्ष प्रचण्डले अरबौको सम्पती आर्जन गरेको आरोप लगाए । उपेन्द्र यादवको एउटा दोकान बन्द भए पछि अक्रो दोकान खोलेको वताए । गुन्डा, डांका, भ्रष्टाचारीले देश चलाए देशको जनता असुरक्षित हुने वताए ।

जुन देशको गृहमन्त्रीको भाई नै गुन्डागर्दीमा संलग्न भएको आरोप पक्राउ पर्छन त्यो देशको जनता कति सुरक्षित छ सोच्नु पर्ने समय भएको उनको भनाई । फोरमको नामबाट खुलेको पार्टी समावजवादी भएको र मधेशको नाममा खुलेको पार्टी मधेशीको नाममा निसान मेटाई त्यो दोकान नचल्ने भए पछि अक्रो दोकान खोलेको वताए ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, नेता जनार्धन सिंह क्षेत्री, बिरेन्द्र नेपाली, प्रदेश सांसद राजेश्वर साह, पूर्व सांसद रामेश्वर रौनियार लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.162 sec. Memory consumption:81.43 mb