24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

करको भार थुपारि उधोग नै धराशायी बनाउने खेल : सांसद प्रदिप यादव

नेपाल सरकारको बाधयात्मक व्यवस्थाले मजदुरहरु मारमा

वीरगंज । गरिब मजदुरलाई समेत अनिवार्य रुपमा व्यक्तिगत प्यान लिनुपर्ने बाध्यात्मक व्यवस्थाले मजदुरहरु अन्यायमा परेको सांसद प्रदिप यादवले बताएका छन् ।

वीरगंजको होटल मकालुमा आयोजित प्रविधि तथा सामाजिक विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नेपाल सरकारले ल्याएको अर्थ व्यवस्था सृद्धिढ जस्ता नितिले घरेलु उत्पादकहरु मारमा परेको छ । उनले भने, जो आजसम्म बैंक नै गएका छैनन् ति मजदुर कहाँबाट प्यान लिन जाउन पछिल्लो समय अनलाईन बिलिङ्ग प्रणाली ईट्टा उधोगहरुमा के काम ? अर्थमन्त्री समक्ष प्रश्न गर्दै उनले ग्रामिण बस्तीमा राम्रोसंग विजुलि बतिको व्यवस्था नभएको अवस्थामा ईन्टरनेटबाट हुने अनलाई बिलिङ्गको काम कसरी गर्ने ?
पर्सा क्षेत्र नम्बर एक का सांसद समेत रहेका सांसद यादवले जनता मारा करले सरकारले ५ लाख युवालाई रोजगारी दिने लक्ष्यलाई बाधा पुग्ने उनको ठहर थियो । स्थानीय उत्पादक उधोगी व्यापारीहरुलाई विभिन्न बहानामा करको भार थुपारि उधोग नै धराशायी बनाउने खेलले देश अग्रगति तर्फ लम्कन नसक्ने उनको भनाई थियो ।

यसैगरी उनले हिजोको दिन भन्दा अहिले ईट्टा उधोगमा बाल मजदुर जस्ता समस्या नरहेकाले बेमौसमी पानीले ईट्टा उधोगीहरुलाई हुने नोक्सानीमा नेपाल सरकारले क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । जनताको सदैव साथमा आफु रहेकाले जनताको समस्या समाधानका लागी आफु सांसदमा समेत अवाज उठाईरहने बताएका थिए ।

बारा पर्सा इटा उधोग व्यवसायी संघका अध्यक्ष असर्फी प्रसाद जयसवालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल इटा उधोग महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बहादुर चित्रकार, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य मञ्जुर आलम, पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादव, पोखरिया नगरपालिकाका मेयर दीप नारायण प्रसाद रौनियार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.372 sec. Memory consumption:81.43 mb