26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

आक्रमणकारी उपर कर्वाहीको माग गर्दै तरुण दल पर्साद्वारा ज्ञापन

tarun dal parsa_kalikatimes

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल तरुण दल पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल तरुण दल बाके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष सन्दीप जङ शाह लगायत तरुण कार्यकर्ताहरु माथी असोज १ गते भएको सङ्घातिक आक्रमणको दोषी उपर कर्वाहीको मांग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई मार्फ गृह मन्त्रीलाई ज्ञापन पत्र बुुझाइएको तरुण दल पर्साका सचिव विवेक चौरसियाले वताए ।

ज्ञापन पत्र मार्फत असोज १ गते राति १०ः३० बजे नेपालगन्जको धम्बोझी चोकमा बिनोद खड्का र दीपक खड्का लगायतका हतियारधारी पेशेवर गुन्डाहरुद्वारा नेपालगन्जका नगर अध्यक्ष सन्दीप जङ शाह, घमण्ड खड्का, अमर रोकाया माथी आक्रमण गरि सख्त घाइते बनाएको अमानवीय घट्न प्रती नेपाल तरुण दल पर्सा घोर निन्दा र भत्सर्ना समेत गरेको छ ।

घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा सन्लग्न सम्पुर्ण अपराधीहरूलाई कानुनी कार्यवाही गर्न र समाजमा शान्ती र अमन चयन कायम राख्न नेपाल तरुण दल पर्सा नेपाल सरकार सङ जोडदार माग गरेको सचिव चौरसियाले जानकारी गराए ।

नेपाल तरुल दलका जिल्ला सचिव चौरसियाको नेतृत्वमा ज्ञापन पत्र बुझाउन तरुण दलका केन्द्रिय पार्षद हुकुम सिङ, क्षेत्रीय अध्यक्षहरु अनिल यादव, फनिन्द्र पटेल, जिल्ला सदस्यहरु सुशील साह, मिकु सिंह, श्याम चौधरी, उपनेश चौरसिया, रहमदिन सिद्दिकी लगायत तरुण दलका नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.171 sec. Memory consumption:81.45 mb