26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

संविधान दिवस कै दिन वीरगंजमा संविधानको प्रतिलिपी जलाइयो

madeshi foram_kalikatimes

वीरगंज । मधेशी जनअधिकार फोरमले शुक्रबार वीरगंजमा संविधानको प्रतिलिपि जलाएको छ । संविधान तथा राष्ट्रिय दिवसको दिन भाग्य नाथ गुप्ता नेतृत्वको मधेशी जनअधिकार फोरमले संविधानको प्रतिलिपी जलाएको हो ।

पार्टीका केन्द्रिय अध्यक्ष गुप्ता सहितका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा कालो झण्डा सहित प्रदर्शन समेत गरेका हुन । कालो झन्डा सहित प्रदर्शनमा उत्रेकाहरु २०७२ मा जारी भएको संविधान खारेज गर, ओली सरकार मुर्दावाद, लालबाबु नेतृत्वको प्रदेश सरकार मुर्दावाद, जय मधेश, समग्र मधेश एक प्रदेश, मधेशी दलाल मुर्दावाद लगायतका नारा लगाउदै संविधानको प्रतिलिपी जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

थोरै संख्यामा रहेका फोरमका नेता तथा कार्यकर्ताहरुको हातबाट प्रहरी कालो झन्डा खोसी लखटेको थियो । संविधान तथा राष्ट्रय दिवसको अवसरमा जिल्ला समारोह समितिले आयोजना गरेको प्रभात फेरी वीरगंजको घण्टाघरबाट अगाडी बढे पछि फोरमका नेता तथा कार्यकर्ताहरु घण्टाघरमा पुगी प्रदर्शन गर्दै संविधानको प्रतिलिपी जलाएका थिए । त्यस लगतै पुगेको प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरी लखेटेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.900 sec. Memory consumption:81.45 mb