26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

संविधान दिवसको अवसरमा पर्सा कारागारबाट एक महिला सहित १२ जना कैदीहरु छुटे

kaidi chhute_kalikatimes

प्रणय साह/वीरगंज ।

वीरगंज स्थित रहेको पर्सा कारागारवाट संविधान दिवस २०७६ को अवसरमा आज एक महिला सहित १२ जना केदीहरु छुटेका छन । सवारी ज्यान मुद्दाका बाराका अरुण चौधरी, सबुदीन मिया धोबी, मनोज राम, रौतहटका राम प्रवेश साह तेली, कुटपिट अंगभग मुद्दाका पर्साका हरिप्रसाद राउत, कर्तव्य ज्यान मुद्दाका अर्घाखाँचीका भुपेन्द्र परियार, रुपन्देहीका रवि परियार, कालु भन्ने सुरेन्द्र परियार, बाराकी सविता देवी साह, गर्भपतन मुद्दका बारा शिवजी प्रसाद कानु, ज्यान मार्ने उधोग मुद्दाका बाराका प्रमोद प्रसाद यादव र किरण विक छुटेका हुन ।

parsa karagar_kalikatimes

विभिन्न मुद्दामा पर्सा कारागारमा सजाय भुक्तान गरिरहेका १२ जना कैदीहरु संविधान दिवसको अवसरमा छुटेका कारागारका जेलर श्रवण कुमार पोखरेलले वताए । नेपालको संविधानको धारा २७६ मा माफी मिनाहा हुने व्यवस्था भए अनुसार ५० प्रतिशत कैद भुक्ता गरि सकेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई राष्ट्रपतिको निर्णय अनुसार कैद मिनाहा भएको जेलर पोखरेलले वताए । संविधान दिवसको अवसरमा कैद मिनहा भएका कर्तव्य ज्यान मुद्दाका ४ जना, सवारी ज्यान मुद्दाका ४ जना, ज्यान मार्ने उधोगका २ जना, गर्भपतन मुद्दाका एक जना र कुटपिट अंगभंग मुद्दाका एक जनालाई जेलर पोखरेलले अविरको टिका लगाई छोडेका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.813 sec. Memory consumption:81.46 mb