26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गाउँपालिकाले १५ महिना देखी तलब नदिदा शिक्षकहरु मर्कामा

kalikamaiagapa_kalikatimes

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारीको श्री सुकई साह माध्यमिक बिधालयका ५ जना शिक्षकलाई गाउँपालिकाले १५ महिना देखी तलबभत्ता नदिदा शिक्षकहरु मर्कामा परेका छन ।

नियमित रुपमा अध्ययन अध्यापन गराउदै आएका शिक्षकहरुले पटक पटक तलबभत्ता मांग गर्दा एक हप्ता, पन्द्र दिन, महिनामा दिन्छौ भन्दा भन्दै १५ महिना बितिसक्दा पनि तलबभत्ता नपाएको शिक्षक जयप्रकाश चौरसियाले बताए ।

बिगतका बर्षमा बिषयगत शिक्षक नरहेको भन्दै सो बिधालयका बिधार्थीहरुले अध्ययन अध्यापन अवरुद्ध गरी बिधालयमा तालाबन्दी गर्दा भएको सहम्मती अनुसार ५ जना शिक्षकहरुलाई स्वयसेवकको रुपमा बिधालयमा पढाउन राखिएको थियो । गाउँपालिकाको गाउँ सभा भए पनि गाउँपालिका भरीकै बिधालयको लागि बजेट नछुटयाइएकोले शिक्षकहरुको तलबभत्ता दिन समस्या भएको शिक्षक स्रोतको दावी छ ।

यता शिक्षकहरुले तलब नपाउदा केही दिन पढाउन छोडे पछि प्रत्येक दिन ५ घण्टीको घण्टी अध्ययन अध्यापन अवरुद्ध हुदा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साह तेली अग्रसरता देखाएका छन । अध्यक्ष तेलीका अनुसार काम गरेको रकम पाउनु हुनेछ भन्दा आश्वास पाएका शिक्षकहरुले आज देखी पुन कक्षाकोठामा पढाउन गएको अध्यक्ष तेलीले बताए ।

केही दिनमा ५ जना शिक्षकहरुको तलबभता नपाए फेरी शिक्षकहरुले पढाउन छाडने शिक्षक लक्ष्मण ठाकुरले बताए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साहले यस बिषयमा आफु गम्भीर रहेको र आफु शिक्षा विकास समन्वय कार्यालय बिरंगज पर्सा, बिधालयका प्रध्यापनाध्यापक, वडाअध्यक्ष, प्रमुखप्रशासकिय अधिकृत र अभिभावकहरु सित रायसल्लाह गरी तुरन्त समस्याको सामाधान गर्ने वताका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.903 sec. Memory consumption:81.45 mb