30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सुरक्षा निकायको प्रभावकारी परिचालनको माग राख्दै किशोरीहरुद्वारा ज्ञापन

gayapan_kalikatimes

वीरगंज । बढ्दो हत्या, हिंसा र बलात्कारका विरुद्ध बुधबार वीरगंजमा किशोरीहरुले जनचेतना तथा खबरदारी र्याली निकालेका छन । बारा, पर्साका संवाद र सञ्जालका किशोरीहरुको आयोजनामा वीरगंजको घण्टाघरबाट निकालिएको र्याली वीरगंज बजार क्षेत्रको परिक्रममा पक्षि पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

“समृद्धिका लागि लैंगिक हिंसा अन्त्य गरौं, बालबालिका, किशोरी तथा महिला मैत्री समाजको निर्माण गरौं” नारा लेखिएको व्यानरमा निस्केको र्यालीमा बारा, पर्साका सयौं किशोरीहरुको सहभागिता रहेको थियो ।

raily_kalikatimes

कोण सभा सम्पन्न पश्चात किशोरीहरु जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । वीरगंजका मुस्कान माथी एसिड आक्रमण र रौतहटकी संजुु देवीको दाइजको कारण हत्या भएको लगायतको घटना हुन नदिन सुरक्षा निकायको प्रभावकारी परिचालनको माग राख्दै किशोरीहरुले ज्ञापन पत्र बुझाएका हुन ।

gayapanpatra_kalikatimes

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:218. Generation time:3.796 sec. Memory consumption:81.45 mb