30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लामिक्षानेको समर्थनमा वीरगंजमा प्रदर्शन, चितवनामा झडप

brj_pradrasan_kalikatimes

वीरगंज । वीरगंजमा पनि शनिबार पत्रकार रवि लामिक्षानेको समर्थनमा प्रदर्शन भएको छ । लामिक्षानेको रिहाईको माग गर्दै उनका समर्थकहरुले वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका हुन ।

मुना मियाँ तेलीको अगुवाईमा भएको प्रदर्शनमा सहभागिहरुले लामिक्षाने निर्दोष रहेको भन्दै उनलाई फसाउन खोजिएको आरोप लगाएका थिए ।
यता चितवनमा शनिबार पत्रकार लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो ।

लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ ।

यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो । झडवमा नेपाल प्रहरीका ५ जना असई घाइते भएका थिए ।

बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.269 sec. Memory consumption:81.45 mb