7 April 2025
KALIKATIMES.COM

प्रदेशको राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन दिनौंं : सांसद यादव

वीरगंज । पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बाचित माननीय सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले समाजको हरेक क्षेत्रको समान बिकासको लागि आफुले सदन हल्लाइरहेको बताउनुभएको छ ।

उहाँले बिकास निर्माणमा आफुलाई सांसद बापत प्राप्त भएको ४ करोड रुपैंयाँको सत प्रतिशत जनताको हितमा प्रयोग गरेको समेत बताउनुभयो ।

उहाँले माटोभरी ग्राभेल गर्ने कामको आफु बिरोधी भएकोले त्यसमा लगानी नगरेको र जहाँ पनि लगानी गरेको छु त्यहाँ सडक पिचमा लगानी गरेको छु जुन ५० बर्षपछि पनि केही नहुने बताउनुभएको छ ।

आवाज एफएमको समय सन्दर्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले बिकास निर्माणमा कमिशन खानेहरुले आमाको रगत खाने पिचास भएको संज्ञा दिनुहुँदै सांसद यादबले आफुले घन्टाघर र लक्षमनवा चोकमा लगाएको मास लाइटले सबैको ध्यान केन्द्रीत गरिरहेको समेत बताउनुभयो ।

नेता यादबले प्रदेश नम्बर २ को राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन नदिने दृढता ब्यक्त गर्नुहुँदै बिचको भाग खोजी भैरहेको खुलासा समेत गर्नुभयो ।

नेता यादबले बीरगंजका ढल ब्यबस्थापनको लागि शुरु भएको परियोजना फेल भएको बताउनुहुँदै डिजाइन नै परिवर्तन गरेर सधैंभरि बीरगंजलाई डुवानमा राख्नेहरुलाई नाँगेझार पारेर जेल हाल्नुपर्ने जिकिर समेत गर्नुभयो ।

बीरगंज डुवानमा जनप्रतिनिधी आउनुभन्दा पहिलाका कर्मचारी संयन्त्र नै जिम्मेवार रहेको समेत बताउनुभयो ।

सांसद यादबले मुख्य सडकको चौंडा अभियानमा आफ्नो कुनै अवरोध नभएको बताउनु्हुँदै ५० मिटर तोडेपनि आपत्ति नहुने तर तोडेर मात्र हुन्न तत्काल निर्माण पनि गर्ने ग्यारेन्टी र बजेटको ब्यबस्थापन हुनुपर्ने अन्यथा डोजर ल्याएर तोडफोड गर्दैमा समस्या समाधान नहुने निर्माणको ग्यारेन्टी हुनु्पर्ने बताउनुभयो ।

उहाँले बर्तमान यातायात मन्त्रीसंग घन्टघरदेखि शंकराचार्य गेटसम्मको मास्टर प्लान नै नभएको जिकिर समेत गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:5.392 sec. Memory consumption:82.43 mb