30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगन्जमा नेकपा अध्यक्ष प्रचण्डको पुतला दहन

बीरगंज । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वीरगंजमा पुतला जलाएको छ ।

केही दिन अघी प्रचण्डले पुर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट बाहिर निकाल्ने भनेर दिएको अभिव्यक्तिको बिरोधमा वीरगंजको घण्टाघरमा बुधबार साझ प्रचण्डको पुतला जलाइएको हो I

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हत्यारा प्रचण्ड मुर्दावाद’ जस्ता नारा समेत लगाईएको थियो ।

बिरोध कार्यक्रममा सहभागी राष्ट्रिय नागरिक संघर्ष समिती बाराका अध्यक्ष महमद सतार अंसारी, नेपाल राष्ट्रबाद संघका अध्यक्ष जनकलाल शाह, मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरही, मंचका नगरअध्यक्ष उपेन्द्र बरई, रामअयोध्या राउत कुर्मी, अन्नु राणा, अर्जुन घिमिरे लगायतले १७ हजार निर्दोष एवम् निमुखाको हत्यारा, जनधनको लुटेरा प्रचण्डलाई जनअदालतमा उभ्याउनु पर्ने वताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.109 sec. Memory consumption:81.45 mb