21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

५० बाढी प्रभावित परिवारलाई राहत

rahat_kalikatimes

वीरगन्ज । पर्साका ५० बाढी पिडीत परिवारलाई आइतबार एक कार्यक्रमकको बिच राहत सामाग्री वितरण गरिएको छ । एशोसिएससन अफ नेपाल तराई ईन अष्टे्रलिया (एन्टा) नामक संस्थाले बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ३ र ४ झौवा गुठी, अमरपटी, मधवलका ५० घरधुरीलाई राहत सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका जुमादिन हवारीद्वारा राहत साम्री वितरण गरिएको वताइएको छ । प्रति घरदुरी चामल पाँच किलो, आलु दुई केजी, कपडा धुने साबुन एक थान, नुहाउने साबुन एक थान, नुन एक प्याकेट, टुथव्रस तीन थान, टुथ पेष्ट एक थान, खानेतेल आधा लिटर, सेनेटरी प्याड एक, झोला एक थान वितरण गरिएको हो ।

बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, आकाश ऐफ ऐमका प्रबन्ध निर्देसक आसिक अंसारी, अमजद हवारी लगायतले राहत सामग्री बाढी प्रभावित व्यक्तिहरुलाई हस्तान्तरण गरेको स्थानिय शिक्षक मुकलेश गद्दीले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेपालमा पाेलियाे उन्मुलन भएपनि जाेखिम अझै कायम छ : चिकित्सकहरु

कालिका टाईम्स

कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनायाे

कालिका टाईम्स

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स
SQL requests:216. Generation time:3.606 sec. Memory consumption:81.51 mb