Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनायाे

spot_img
spot_img

वीरगंज । कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनाएकाे छ । एक बर्ष पहिला पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा स्थापना भएकाे युवा समाजले शुक्रबार वीरगंजकाे श्रीसियास्थित मानव सेवा आश्रममा खाजा वितरण कार्यक्रमकाे आयाेजना गरेर पहिलाे बार्षिकाेत्सव मनाएकाे हाे । 

संस्थाले मानव सेवा आश्रममा रहेका ७० जना आमा, बुवा तथा भाई बहिनीहरूलाई स्याउ, केरा, मिठाई, नमकिन लगायतका खानेकुराहरू वितरण गर्दै पहिलो वार्षिकाेत्सव मनाएकाे उत्सव मनाइएको समाजका काेषाध्यक्ष बुटेल तिवारीले जानकारी दिए ।

युवा समाजले विगत दुई वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेपनि २०८०/०७/०२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गराउँदै हाल समाज कल्याण परिषदमा समेत आवद्ध भई युवा शक्तिलाई एकिकृत गरी समाजमा रहेका विकृति विरुद्ध चेतना फैलाउँदै स्वच्छ र समृद्ध समाज निर्माणको लागि आफूहरु सधै प्रयासरत रहेको समाजका अध्यक्ष आकाश चौरसियाले वताए ।

आगामी दिनमा पनि मानव सेवा आश्रम जस्ता क्षेत्रहरूमा हाम्रो निरन्तरता रहिरहने र आवश्यक परेकालाई सहयोग गर्नका निम्ति कालिकामाई युवा समाज सधैं काँधमा काँध मिलाई अघि बढ्ने तयार रहेकाे समाजका महासचिव विशाल कुशवाहाले वताए ।

मानव सेवा आश्रममा भएकाे खाजा वितरण कार्यक्रममा युवा समाजका वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, कोषाध्यक्ष बुलेट तिवारी, महासचिव विशाल कुशवाहा, सुदिप चौरसिया, रमेश चौरसिया, मोहन महतो, धर्मेन्द्र चौरसिया, अनिश पटेल लगायतका उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...