21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि पर्साका राजन श्रीवास्तव छनोट

rajan_kalikatimes

काठमाडौ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि युवाको छनोट गरेको छ । अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा यही साउन २७ गते यो पुरस्कार प्रदान गरिने छ ।

विभिन्न विधामा योगदान पु¥याएका नौ जना युवा र युवाका क्षेत्रमा क्रियाशील दुईवटा संस्था पुरस्कारका लागि छनोट भएका छन् । मन्त्रालयले हरेक वर्ष राष्ट्रिय रूपमा योगदान पु¥याएका उदाहरणीय युवा र संस्थालाई सम्मान गर्ने गरेको छ ।

यस वर्षको राष्ट्रिय युवा प्रतिभा स्वयंसेवा विधामा पर्साका राजनकुमार श्रीवास्तव छनोट भएका छन । राष्ट्रिय युवा प्रतिभा विज्ञान प्रविधितर्फ गणेशविक्रम सिंह आले (तेह्रथुम) र यज्ञप्रसाद देवकोटा (जुम्ला)लाई संयुक्त रूपमा, मार्सल रोका (दाङ), सुमन पौडेल (कैलाली)लाई प्रदान गरिएको छ ।

यसैगरी उद्यमशीलतातर्फ व्यक्तिका रूपमा माला थापामगर (ललितपुर) र सृजना सोती (नवलपरासी) छनोट भएका छन ।
कला संस्कृति विधामा स्वजन रघुवंशी (ललितपुर), कृषितर्फ टोपलाल विक (बर्दिया) र प्रतिभा पुरस्कारका लागि दुईवटा संस्था छनोटमा परेका छन् ।

शिक्षातर्फ नेत्रहीन युवा सङ्घ नेपाल (सुकेधारा, काठमाडौँ) र उद्यमशीलता संस्था इप्सा नेपाल (तारकेश्वर, काठमाडौँ) छनोट गरिएको हो ।

रेडक्रस सोसाइटी पर्सामा कार्यरत श्रीवास्तवले आकस्मिक रूपमा आइपर्ने रगत सङ्कलन गरेर उनले हजारौँ गर्भवती र जोखिमपूर्ण अवस्थाका बिरामीको जीवन बचाएका छन । विपद्ममा राहत र उद्धारमा पनि श्रीवास्तवले सक्रियताका साथ जुट्ने गर्छन र किशोरीका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन गर्ने गरेकाले छनौटमा परेको जनाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी सुशीला अर्यालले युवा प्रतिभाको छनोटका लागि मन्त्रालयले विज्ञ समूह बनाएको जानकारी दिँदै आवेदन दिएका र सिफारिस भएका मध्येबाट विज्ञ समूहले छनोट गरी अन्तिम रूप दिइएको बताए ।

छनोट भएका युवा र संस्थाले पुरस्कार नपाउनुपर्ने कुनै कारण भए मङ्गलबारसम्म उजुरी दर्ता गराउन मन्त्रालयले सूचना गरेको थियो । छनोट भएकाउपर कुनै उजुरी नपरेको जानकारी उनले गराए ।

उजुरी नपरेका कारण यो नामावली अन्तिम भएको हो । पुरस्कारका लागि योग्य युवालाई जसले पनि सिफारिस गर्न सक्ने र व्यक्ति स्वयंले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । छनोट भएकामध्येबाट युवा प्रतिभा सम्मान कार्य्विधि, २०७२ अनुसार छनोट गरिएको मन्त्रालयले जनाएका छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.804 sec. Memory consumption:81.42 mb