वीरगंज । समाजवादी पार्टीको भातृ संगठन संघिय शिक्षक फोरम नेपालको जिल्ला कार्य समिति पर्सा आज गठन भएको छ । शिक्षक फोरम संग आवद्ध शिक्षकहरुको भेलाले दिनेश कुमार चौरसियाको अध्यक्षतामा १३ सदस्यि जिल्ला समिति गठन गरेको हो ।
जुन समितिको उपाध्यक्षमा बादशाह साह रौनियार, महिला उपाध्यक्षमा ज्योति गुप्ता, सचिवमा मुकलेश राउत गद्दी, सह सचिवमा लक्ष्मण यादव, कोषाध्यक्षमा लक्की गुप्ता लगायतकाहरु चयन भएका छन । यस्तै भेलालले ७ जना केन्द्रिय प्रतिनिधि र ५ जना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।
केन्द्रिय प्रतिनिधिमा प्रवेज मुसरफ, हामेश्वर द्विवेदी, कपिलदेव यादव, बन्दना चौरसिया, रामदेव महतो, दिपक सोनार र राजमजी प्रसाद सुमन चयन भएका छन ।
प्रदेश प्रतिनिधिमा चन्देश्वर ओझा, पारश प्रसाद साह, मनोज साह गोढ, हरेन्द्र प्रसाद चौरसिया र अर्चना कुमारी चयन भएको शिक्षक फोरमद्वारा जारी एक प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।