31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

निर्मलालाई न्याय देउ भन्दै वीरगंजमा प्रदर्शन

nirmala_kalikatimes

वीरगंज : कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ । एक बर्ष बितिसक्दा पनि सरकारले अपराधी अझै पत्ता लगाउन नसकेको भन्दै वीरगन्जमा शुक्रबार प्रदर्शन गरिएको छ ।

निर्मलालाई न्याय देउ भन्दै वीरगंजको घण्टाघरमा प्रदर्शन गरिएको हो । वीरगंजका सचेत युवायुवतीले निर्मलालाई न्याय देऊ भन्ने नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन ।

त्यसअघि उनीहरुले घण्टाघर चोकको सडकमा बसेर निर्मलाले न्याय नपाएको एक वर्ष अर्थात ३६५ दिन पुगेको भन्दै ३६५ आकृति देखिने मानव साङलो पनि प्रर्दशन गरेको अभियानका सरोज चौरसियाले वताए ।

यसैबीच युवाहरुले शुक्रबारदेखि नै निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै हस्ताक्षर अभियान पनि सुरु गरेका छन ।

हस्ताक्षर अभियान वीरगन्ज महानगरपालिकाका ३२ वटै वडामा सञ्चालन गरी एक लाख व्यक्तिको हस्ताक्षर संकलन भएपछि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइने अभियानका जय साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.511 sec. Memory consumption:81.45 mb