30.7 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

सखुवा प्रसौनीका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथी आक्रमण

वीरगंज, ६ साउन ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथी आक्रमण भएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव लगायत ५/६ जनाको समुहद्वारा आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अकलेश सहनी माथी आक्रमण गरि कुटपिट गरेका हुन ।

गाउँ कार्यपालिका कार्यालयबाट काम सकाएर फर्कने क्रममा आइतबार साझ ४ बजेको करिबमा दुबै जना माथी वडाअध्यक्ष लगायतको समुहले आक्रमण गरेको हो । नियम विपिरितको निकासाको लागि वडाध्यक्ष यादवले केही समय पहिला देखि दबाव दिदै आएको र आफुले निकास गर्न नमिल्ने बताएका कारण आफू सहित लेखापालले माथी आक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत यादवले वताए ।

बा १५ च ६८७९ नम्बरको भाडाको गाडी सवार दुबै जना माथी सखुवा प्रसौनी २ स्थित बाटो मै वडाध्यक्ष सहितको समुहले एकासी रोकि गाडी रोकि गालिगलौज गर्दै कुटपिट गरेका हुन । आक्रमणकारी समुहको आक्रमणले दुबै जना सवार टाटासुको सिसा समेत फुटेको छ ।

प्रमुख प्रशासकिय अधिकृत यादव र लेखापाल सहनीले आक्रमण गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी पनि दिएका छन । यता उक्त घटनाको बिरोधमा भोलि मंगलबार पर्साका सम्पुर्ण गाउँ कार्यपालिका कार्यालय बन्द रहने जनाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.858 sec. Memory consumption:82.47 mb