22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

स्वास्थ्य तथा परामर्श शिविर सम्पन्न

sawastha prichhan_kalikatimes

वीरगंज, ४ साउन ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं. ५ बकुलियामा आज स्वास्थ्य तथा परामर्श शिविर सम्पन्न भएको छ । हेल्प युवा क्लब जितपुर सिमरा तथा नारायणी बयोधा अस्पतालको संयुक्त आयोजनामा नेपाल राष्ट्रीय नमूना माध्यमिक विधालय बकुलियामा भएको शिविर सम्पन्न भएको हो ।

बयोधा अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरहरुको टोलीद्वारा बाल रोग, जेनरल स्वास्थ्य, हाड़जोर्नी, फिजियोथेरेपी तथा अन्य रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको आयोजक क्लबका अध्यक्ष फ़ैयाजुल हक़ अंसारीले जानकारी गराए । केहि दिन आगाडी गएको बिषण बर्षा र बाढ़ीको कारण प्रायः मानिसहरु ज्वरो टाइफाइड तथा झाडापखालाले ग्रसित हुने गरेकोले शिविरको आवश्यकता रहेको बयोधा अस्पतालका डाक्टरहरुको भनाई थियो ।

शिविरमा बाल रोग विशेषज्ञ डा. श्रद्धा पन्त, डा. नवीन प. यादव, डा. सचिन यादव, डा. गौरव पौडेल, जेनेरल फिजिशियन, डा. शिखर दाहाल, डाईटीसीयन आदि डाक्टरहरुको टीमद्वारा गरीब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा रगत तथा सुगर जाँच पनि निःशुल्क सेवा उपलब्ध गराएको बयोधा अस्पतालका माके्रटिंग हेडका इमामुल हक र कृष्णा साहले जानकारी गराए ।

शिविरमा करीब ५३० जनाले आफ्नो स्वास्थ्य जांच गराई लाभान्वित भएको क्लबका संयोजक दीपेन्द्र यादवले जानकारी गराए । कार्यक्रम इलाका प्रहरी कार्यालय जितपुर ७ बारा तथा स्थानीयको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका सन्तोष झा, बिकाश गुप्ता, अयुब आलम, गणेश गुप्ता, राजू चौधरी, सुभाष रौनियार, अम्बर सहनी, मोती आलम लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.960 sec. Memory consumption:81.45 mb